रुपन्देही–३ को उपनिर्वाचनमा जनमत एक्लै लड्ने « Khabarhub

रुपन्देही–३ को उपनिर्वाचनमा जनमत एक्लै लड्ने


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तराई–मधेशकेन्द्रित सातदलीय दलीय मोर्चा संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध जनमत पार्टी रुपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनमा एक्लै निर्वाचन लड्ने भएको छ । 

मोर्चामा आबद्ध अन्य ६ दलहरूले चुनावी तालमेल गरेर उम्मेदवारी दिने तयारी गरिरहेका बेला जनमतले उपनिर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने प्रष्ट्याएको छ । 

‘भ्रममा नपरौँ : जनमत पार्टीले मेचीदेखि महाकालीसम्म आफ्नै उम्मेदवार उठाउने रणनीतिअन्तर्गत रुपन्देही–३ मा पनि आफ्नै उम्मेदबार उठाउने छ,’ अध्यक्ष डा. सीके राउतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

उनले यसअघिको निर्वाचनमा अरू पार्टीहरू कांग्रेस वा एमालेको गठबन्धनमा सामेल भएर चुनाव लड्दा जनमत पार्टी एक्लै नै चुनाव लडेको भन्दै आफ्नो पार्टीलाई गठबन्धन गरेको पूर्व अनुभव नरहेको उल्लेख गरेका छन् ।  

अध्यक्ष राउतले जनमात पार्टी संघीय लोकतान्त्रिक मोर्चासँग संविधान संशोधन र अधिकार तथा पहिचानको आन्दोलनमा सँगै रहेको पनि बताएका छन् । 

‘जनमत पार्टी संघीय लोकतान्त्रिक मोर्चासँग संविधान संशोधन र अधिकार तथा पहिचानको आन्दोलनमा खडा नै छ,’ राउतले लेखेका छन्, ‘मोर्चा लुज एलायन्सको रूपमा त्यसका लागि नै गठन भएको थियो र यो चुनावी मोर्चा होइन भनेर हामी गठन हुनु अगाडि र घोषणा हुँदादेखि नै स्पष्ट थियौँ ।’ 

मोर्चामा आबद्ध अन्य दलहरू भने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का उम्मेदवारलाई सघाउने भएका छन् । उनीहरूले बुधबार रुपन्देहीको सियारीमा उपनिर्वाचनकेन्द्रित कार्यक्रम आयोजना गरेका थिए ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  १२ : ०८ बजे

सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका

म्याग्दीका भीरमा जोखिमपूर्ण मह सिकार सुरु: पहिलो दिनमै ७० लिटर सङ्कलन

म्याग्दी – म्याग्दीका लेकाली क्षेत्रमा व्यावसायिक रूपमा भिरमह सिकार सुरु

बन्दीपुरमा ‘गाउँ पर्यटन मार्ट’: हिमाली स्वाददेखि तराईको संस्कृतिसम्म

बन्दीपुर – पहाडकी रानी उपमाले परिचित तनहुँको बन्दीपुरमा बिहीबारदेखि ‘गाउँ

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

झापा – मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को

कञ्चनपुरका मजदुरलाई छैन न्यूनतम ज्याला, महिलामाथि विभेद

कञ्चनपुर – भीमदत्त नगरपालिका–८ की राजमती दमाईले गत सिजनमा अढाइ