प्रधानमन्त्री ओलीलाई निम्तो दिन आउँदै भारतीय विदेश सचिव मिस्री « Khabarhub

प्रधानमन्त्री ओलीलाई निम्तो दिन आउँदै भारतीय विदेश सचिव मिस्री


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका विदेश सचिव विक्रम मिस्री आगामी साउन ३१ गते (अगस्ट १७) नेपाल भ्रमणमा आउने भएका छन्।

दुई दिने यो भ्रमणले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणको टुंगो लगाउने छ । मिस्री एक वर्षको बीचमा दोस्रो पटक नेपाल आउन लागेका हुन् ।

भारतीय दूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले मिस्रीको भ्रमण तालिका पुष्टि गरेका छन्।

मिस्री काठमाडौँ आइपुगेपछि द्विपक्षीय परियोजनाहरूको प्रगतिबारे पनि समीक्षा हुनेछ । खासगरी भारतद्वारा लगानी गरिएका विकास आयोजनाहरूको प्रगतिबारे छलफल गर्ने कार्यक्रम राखिएको छ।

‘नेपालको निम्तोमा विदेश सचिव मिस्री साउन ३१ गते दुई दिने नेपाल भ्रमणमा आउनुहुनेछ’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने ।

भ्रमणको मुख्य उद्देश्य प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी र विभिन्न विकास परियोजनाहरूको प्रगतिबारे छलफल गर्नु रहेको छ।

यो भ्रमणले दुई छिमेकीबीच भइरहेको कूटनीतिक संवादलाई निरन्तरता दिने छ । मिस्रीले नेपाल भ्रमणका क्रममा भारत सरकारको तर्फबाट प्रधानमन्त्री ओलीलाई औपचारिक निमन्त्रणा दिनेछन् ।

प्रधानमन्त्री ओलीले २०८१ असार ३१ गते तेस्रो पटक पदभार ग्रहण गरेपछि भारत भ्रमणमा जान सकेका छैनन् । ओ‌लीसँगको असन्तुष्टिका रुपमा समकक्षी नरेन्द्र मोदीले लामो समयसम्म निम्ता पठाएका थिएनन् ।

त्यहीकारण ओली २०८१ मंसिर १७ गते चीन भ्रमणमा गएका थिए । त्यहाँ बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) फ्रेमवर्क सम्झौतामा दुई देशबीच हस्ताक्षर भएको थियो ।

तेस्रो पटक प्रधानमन्त्री बनेको झन्डै १५ महिनापछि ओली भारत भ्रमणमा जानेछन् ।

मिस्रीको भ्रमणपछि ओलीको भारत भ्रमण आगामी भदौ अन्तिम या असोज पहिलो साताका लागि तय हुने अपेक्षा गरिएको छ ।

ओली दुई दिने भारत भ्रमणमा जाने तयारी यसअघि भएको थियो । तर उनको भ्रमण अवधि लम्बिन सक्ने बताइएको छ । मिस्रीको भ्रमणपछि प्रधानमन्त्रीको भ्रमणको मिति, कार्यसूची र प्राथमिकता तय हुनेछन् ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  १२ : ५९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने