कच्चा पदार्थको गुणस्तर र औषधिको वैज्ञानिक मापदण्ड पालना गर्न विभागको १० बुँदे निर्देशन  « Khabarhub

कच्चा पदार्थको गुणस्तर र औषधिको वैज्ञानिक मापदण्ड पालना गर्न विभागको १० बुँदे निर्देशन 


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि उद्योग र पैठारीकर्ताहरूलाई कच्चा पदार्थको स्रोत, स्तर, गुणस्तर र औषधिको अन्य वैज्ञानिक पक्षमा तोकिएको मापदण्ड पालना गर्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ ।

सार्वजनिक सूचना प्रकाशन गर्दै कच्चा पदार्थ र औषधिको गुणस्तरका कायम राख्न विभागले १० बुँदे निर्देशन दिएको हो । साउन १८ गते औषधि र कच्चा पदार्थको गुणस्तर सुनिश्चित गर्दा औषधि उत्पादनमा प्रयोग हुने मुख्य कच्चा पदार्थहरू (एपीआई) को गुणस्तरमा एकरूपता र पारदर्शिता कायम गर्न जीएमपी प्रमाणपत्रसहित अधिकतम तीन वटा स्रोतको विवरण पेस गर्नुपर्ने विभागले निर्णय गरेको थियो ।

उक्त निर्णयअनुसार अब नन फर्माकोपिकल एफीआईको हकमा उत्पादन अनुमति माग गर्दा एनालाइटिकल मेथड भ्यालिडेसनसहितको एपीआई मास्टर फाइल (एपीआईएमएफ) पेस गर्नुपर्नेछ ।

औषधि बिक्री वितरण दर्ता प्रमाणपत्रको आवेदन दिँदा कम्तीमा दुई ब्याच औषधि उत्पादन गरेको कागजात पेस गर्नुपर्ने छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले प्रकाशन गरेको कार्यपत्रअनुसार अब ओरल लिक्युड प्रिपेरेसनमा डायथेलेन ग्लाइकल र इथाइलेन ग्लाइकलको परीक्षण अनिवार्य गरिएको छ ।

विभागले सम्पूर्ण औषधि उत्पादक र पैठारीकर्तालाई यो निर्देशन पालना गर्न भनेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  १२ : ५६ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा