विभिन्न स्थानबाट २० जना जुवाडे पक्राउ « Khabarhub

विभिन्न स्थानबाट २० जना जुवाडे पक्राउ


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका-१६ नागरिक बजारस्थित सोही महानगरपालिका-१६ खरिबोट बस्ने धादिङ गंगाजमुना गाउँपालिका-६ घर भएका ३१ वर्षीय हाल राजु न्यौपानेको मामाभन्जा होटलमा जुवातास खेलिरहेको अवस्थामा राजु समेत पाँच जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी बिट रानिवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार १ सय ३५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपलिका-१६ माछापोखरी बस्ने विजय थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने झापा भद्रपुर नगरपालिका-१ घर भएकी ५२ वर्षीया लक्ष्मी तामाङसमेत सात जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ हजार ३ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

त्यसतै, झापाको बिर्तामोड नगरपालिका-५ स्थित गोपाल श्रेष्‍ठको चिया/नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ धिमाल चोक बस्ने इलाम घर भएका ३८ वर्षीय तिर्थराज तामाङ समेत आठ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १४ हजार ५ सय ५५ रुपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  १ : ११ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा