सामाजिक विकास कार्यालयद्वारा ५५ आयोजना सम्पन्न « Khabarhub

सामाजिक विकास कार्यालयद्वारा ५५ आयोजना सम्पन्न


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दमौली– सामाजिक विकास कार्यालय तनहुँले आर्थिक वर्ष २०८१-८२ मा पुँजीगततर्फ ५५ वटा आयोजना सम्पन्न गरेको छ । कार्यालयले जिल्लाका विभिन्न ठाउँमा गुम्बा, मठमन्दिर, विद्यालय भवन, आमा समूह भवन, खेलमैदानलगायत पूर्वाधार निर्माण गरेको हो । 

पुँजीगततर्फ तीन करोड ८१ लाख ५० हजार बजेट विनियोजन भएकामा रु तीन करोड १३ लाख २५ हजार ५८४ खर्च भएको कार्यालय प्रमुख विदुरहरि आचार्यले जानकारी दिए । 

उनका अनुसार भानु नगरपालिका–११ स्थित मानेचौका छेदेन कर्मा छेलिङ गुम्बा निर्माण तथा संरक्षणका लागि पाँच लाख बजेट विनियोजन भएकामा रु चार लाख ८९ हजार एक सय ९६ खर्च भएको छ । उक्त रकमबाट गुम्बा स्तरोन्नति, तला थप तथा रेलिङ निर्माण गरिएको हो ।

व्यास नगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर निर्माणका लागि दश लाख, शुक्लागण्डकी नगरपालिका–१ स्थित ज्वालादेवी आमा समूह भवनका लागि पाँच लाख, भानु–१० स्थित गुरुङ सामुदायिक भवन निर्माण गर्न पाँच लाख, भानु–३ स्थित साँखुली सामुदायिक बहुउद्देश्यीय भवन मर्मत गर्न पाँच लाख र देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रममा कम्पाउण्ड निर्माणका लागि दश लाख बजेट विनियोजन भएको प्रमुख आचार्यले जानकारी दिए ।

उनका अनुसार शुक्लागण्डकी नगरपालिका–५ स्थित दरगाउँ गुरुङ समाज भवन गर्न पाँच लाख, देवघाट–५ स्थित बद्रीनारायण मन्दिर रामानुज पिठ मर्मतका लागि पाँच लाख, शुक्लागण्डकी–२ स्थित किराखोर खेलमैदान निर्माण गर्न दश लाख, भिमाद नगरपालिका–५ स्थित राममन्दिर टोल वृद्धाश्रमका लागि दश लाख विनियोजन भएकामा रु नौ लाख ९२ हजार ८०५ खर्च भएको छ । 

    चालुतर्फ ९२ प्रतिशत खर्च

कार्यालयले सोही अवधिमा चालुतर्फ ९२ दशमलव ५० प्रतिशत बजेट खर्च भएको जनाएको छ । चालुतर्फ एक करोड ८७ लाख ५० हजार विनियोजन भएकामा एक करोड ४८ लाख ६० हजार ५०८ खर्च भएको प्रमुख आचार्यले बताए। 

चालुतर्फ कार्यालयले ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई अनुदान, अपाङ्गता भएका व्यक्तिका लागि समुदायमा आधारित पुनःस्थापना कार्यक्रम, एकल महिलाका लागि नेतृत्व विकास, अभिभावक शिक्षा, लागूऔषध नियन्त्रणका लागि सचेतना कार्यक्रम, किशोरीलाई आत्मरक्षासम्बन्धी तालिम, बालमैत्री स्थानीय शासन प्रर्वद्धन तथा व्यवस्थापन लगायतका कार्यक्रम सम्पन्न गरेको छ । 

विसं २०७८ भदौ २३ गते जिल्लामा सामाजिक विकास कार्यालय स्थापना भएको थियो । कार्यालयले युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायत क्षेत्रमा काम गर्दै आएको छ । 

साढे तीन वर्ष शिक्षा विकास तथा समन्वय इकाइको दुई कोठामा सञ्चालन रहेको कार्यालयले विसं २०८१ पुस १४ गतेदेखि आफ्नै भवनबाट सेवा दिइरहेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  २ : ३४ बजे

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ