मदनले ०४८ को चुनाव प्रचारका लागि प्रयोग गरेकै घरमा विद्याले खोलिन् सम्पर्क कार्यालय « Khabarhub

मदनले ०४८ को चुनाव प्रचारका लागि प्रयोग गरेकै घरमा विद्याले खोलिन् सम्पर्क कार्यालय


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीले २०४८ सालको चुनाव प्रचार प्रसार गरेको घरमै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सम्पर्क कार्यालय खोलेकी छन् ।

उनले काठमाडौंको थापा गाउँस्थित मण्डला नाटक घरनजिकैको उक्त घरमा आफ्नो सम्पर्क कार्यालय खोलेकी हुन् । उक्त घरमा अबको केही दिनमै कार्यालय उद्घाटन गरिने भएको छ । उक्त घर मदन भण्डारी फाउन्डेशनको नाममा भाडामा लिइएको थियो । अब भण्डारीले त्यसलाई सम्पर्क कार्यालयका रुपमा उपयोग गर्न लागेकी हुन् ।

‘अहिले फर्निचरसहित सामानको व्यवस्थापन भइरहेको छ’, उनीनिकट एक एमाले नेताले भने, ‘अब चाँडै नै औपचारिकरुपमा सम्पर्क कार्यालय सञ्चालनमा आउनेछन् । उहाँले यही कार्यालयबाट नेता-कार्यकर्तासँग संवादसहितका राजनीतिक गतिविधि अघि बढाउनु हुनेछ ।’

ठूलो कम्पाउन्डसहितको उक्त तीनले घरमा भण्डारीले सम्पर्क कार्यालय खोलेर आफूलाई एमालेको राजनीतिमा सक्रिय गराउने तयारी गरेकी हुन् ।

मदनले २०४८ सालको चुनाव उक्त घरमै प्रचार प्रसार कार्यालय खोलेर जितेका थिए । त्यसपछि मदन पत्नी विद्याले पनि २०५१ सालको चुनावमा त्यही घरमै चुनाव प्रचार प्रसार कार्यालय खोलेकी थिइन् । अहिले एमालेको राजनीतिमा सक्रिय हुनका लागि उनले त्यही घर रोजेकी हुन् ।

थापागाउँस्थित यो घर २०५४ सालमा नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयर बनेका नेता बिदुर मैनालीको हो ।

दुई कार्यकाल राष्ट्रपति भएर बिदा भइसकेपछि भण्डारी अहिले बूढानीलकण्ठस्थित भंगालमा रहेको निवासबाटै सक्रिय भइरहेकी छन् ।

उनले गत असार १४ गत मदन भण्डारी फाउन्डेशनको कार्यक्रममार्फत् आफू एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।

तर साउन ५ र ६ गते बसेको एमाले केन्द्रीय कमिटीको बैठकले उनलाई राजनीतिमा आउन निषेध गरेको थियो । उनले २०८१ वैशाखमा नवीकरण गरेको संगठित सदस्यता पनि एमालेले अमान्य घोषित गरेको थियो । एमाले अध्यक्ष ओलीले ७० वर्षे उमेर हद र कार्यकारी पदमा रहनेहरूका लागि गरिएको दुई कार्यकालको व्यवस्था पनि हटाइसकेका छन् ।

यो अवस्थामा ओलीले आफूसँग प्रतिस्पर्धा गर्न आउन लागेको भन्दै भण्डारीलाई आगामी भदौ २०-२२ मा ललितपुरको गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनमा पनि सहभागी हुन नदिने गरी निर्णय गराइसकेका छन् ।

भण्डारीले पूर्वराष्ट्रपतिकै रुपमा सम्मानित भएर बस्नुपर्ने निष्कर्षसहितको अन्तरपार्टी निर्देशनसमेत ओलीले जारी गरिसकेका छन् । एमालेले ११ औँ महाधिवेशनमा समेत भाग लिन नदिने गरी निषेध गरे पनि भण्डारीले आफूलाई सक्रिय बनाउने निर्णयसहित कार्यालय खोल्न लागेकी हुन्।

यसअघि उनी मदन भण्डारी फाउन्डेशनमार्फत् सक्रिय थिइन्। तत्काललाई एमाले नेता-कार्यकर्तासँग भेट्न उनले त्यही फाउन्डेशनलाई उपयोग गर्ने नीति लिएकी छन् । एमालेले छेके पनि निरन्तर संवाद र सक्रियताका लागि उनले थापा गाउँमा कार्यालय खोल्ने निर्णय गरेको उनीनिकट एक नेताले खबरहबलाई जानकारी दिएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ३ : ०९ बजे

चिकित्सकहरूको आन्दोलन जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको