एमाले शीर्ष नेताद्वारा महाधिवेशनस्थल अवलोकन « Khabarhub

एमाले शीर्ष नेताद्वारा महाधिवेशनस्थल अवलोकन


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का शीर्ष नेताहरूले दोस्रो विधान महाधिवेशनस्थल ललितपुर, गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रको अवलोकन गरेका छन् ।

एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा  उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, स्थायी कमिटी सदस्य प्रमुख कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीलगायतका नेताहरूले आज महाधिवेशनस्थलको निरीक्षण गरेका हुन् ।

एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म गोदावरी सनराइज सम्मेलन केन्द्रमा हुँदै छ । महाधिवेशनमा विधान महाधिवेशनमा करिब दुई हजार दुई सय ७९ जना प्रतिनिधि सहभागी हुने छन् । 

महाधिवेशन सफल बनाउनका लागि पार्टीले विभिन्न नेताहरूलाई व्यवस्थापनको जिम्मेवारी  तोकिसकेको छ । 
 

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  २ : १७ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।