ओली र एमाले निर्णयलाई चुनौती दिने बौद्धिक परिषद्का यी १२ प्रश्न | Khabarhub Khabarhub

ओली र एमाले निर्णयलाई चुनौती दिने बौद्धिक परिषद्का यी १२ प्रश्न


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा (एमाले) को गत साउन ५-६ गतेको केन्द्रीय कमिटीको निर्णयलाई चुनौती दिने गरी मत सर्वेक्षण थालिएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहज बनाउन दुई कार्यकाल र ७० वर्षे प्रावधान हटाइसकेको अवस्थामा एमालेको जनवर्गीय संगठन नेपाल बौद्धिक परिषद्ले नयाँ बहस थालेको हो ।

आगामी भदौ २०-२२ मा ललितपुरको गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनको एजेन्डाका रुपमा यी विषयलाई लैजाने निर्णय भइसकेको अवस्थामा नेपाल बौद्धिक परिषद्ले केन्द्रीय कमिटीको निर्णयमाथि प्रश्न उठाउने गरि परिषद्ले सर्वेक्षणमार्फत् राय लिएको हो ।

साउन ५-६ को बैठकपछि अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) लाई चुनौती दिँदै परिषद्ले ‘सर्वेक्षण’ थालिएको हो ।

एमालेको दोश्रो विधान अधिवेशनको सन्दर्भमा नेपाल बौद्धिक परिषद्ले गरेको उक्त सर्वेक्षण गरेको हो । उता परिषद्का अध्यक्ष गजेन्द्र थपलियाले विधान महाधिवेशनलाई व्यवस्थित गर्न सर्वेक्षण सुरू गरिएको बताए । विधान महाधिवेशनमा बहस गर्न पाउनुपर्ने भन्दै थपलियाले परिषद्ले सर्वसाधारणलाई समेत लक्षित गरी सर्वेक्षण थालेको बताएका हुन् ।

‘बहस गर्न नपाउने भए विधान महाधिवेशनको औचित्य छैन । विधानबारे उक्त महाधिवेशनमा व्यापक छलफल गर्न पाउनुपर्छ । यसमा बहस गर्ने, त्यसमा नगर्ने भनेर रोक लगाउनु हुँदैन’, उनी भन्छन्, ‘पार्टी केन्द्रीय कमिटीले केन्द्रीय सदस्यहरूलाई मात्रै निर्णयविपरीत नबोल्न भनेको होला । तर हामीले सर्वसाधारणका लागि सर्वेक्षण थालेका हौँ । हाम्रो सर्वेक्षण रोकिँदैन ।’

परिषद्ले ‘पार्टी परित्याग गरेका कुनै व्यक्ति फेरि पार्टी प्रवेश गर्दा त्यही पदमा पुनर्स्थापना गर्ने प्रचलन रोक्न विधानमै व्यवस्था गर्नुपर्छ भन्ने प्रस्तावमा तपाईंको राय के हो ?’, ‘पदाधिकारीका लागि ७० वर्षे उमेर सीमा राख्ने विषयमा तपाईंको धारणा के हो ?’, ‘कार्यकारी पदमा एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था राख्ने प्रस्तावलाई तपाईं समर्थन गर्नुहुन्छ ?’, ‘विभिन्न संवैधानिक आयोगका पदाधिकारी भई जिम्मेवारी बहन गरिसकेका व्यक्ति फेरि पार्टी जिम्मेवारीमा सक्रिय हुने व्यवस्थाबारे तपाईंको दृष्टिकोण के हो ?’ जस्ता १२ वटा प्रश्नसहित सर्वेक्षण थाले‍को छ । परिषद्को उक्त कदमलाई नेताहरूले पार्टीको निर्णय र निर्देशनविपरीत भनेका छन् ।

के के छन् प्रश्न :

१) नेकपा (एमाले)को मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद (जबज)’ बारे आजको सन्दर्भमा तपाईंको राय के छ?

-सान्दर्भिक छ
-अद्यावधिक गर्नुपर्छ
-जानकारी छैन

२) हालको विधानअनुसार पार्टीको केन्द्रीय कमिटी सदस्य ३०१ रहेको छ । यसबारे तपाईंको राय के छ ?

-संख्या ठीक छ
-बढी भयो, १०० भन्दा कम हुनुपर्छ
-बढी भयो, १०० देखि २०० हुनुपर्छ
-बढी भयो, २०० देखि ३०० हुनुपर्छ
-कम भयो, बढाउनु पर्छ
-जानकारी भएन

३) नेकपा (एमाले)को केन्द्रीय पदाधिकारी १९ सदस्य रहेको हालको विधानको व्यवस्थाबारे तपाईंको राय के छ ?

-संख्या उपयुक्त छ
-१० भन्दा कम हुनुपर्छ
-१०-१५ सदस्यीय हुनुपर्छ
-१५-२० सदस्यीय हुनुपर्छ
-संख्या अपुग भयो, बढाउनुपर्छ
-जानकारी भएन

४) पार्टी परित्याग गरेका कुनै व्यक्ति पुनः पार्टी प्रवेश गर्दा त्यही पदमा पुनर्स्थापना गर्ने प्रचलन रोक्न यसबारे विधानमै व्यवस्था गर्नुपर्छ भन्ने प्रस्तावमा तपाईंको राय के छ ?

-सहमत छु
-असहमत छु
-जानकारी भएन

५) नेकपा (एमाले)को विधानमा पदाधिकारीको ७० वर्षे उमेर हदको व्यवस्था राख्नेबारे तपाईंको राय के छ ?

-उपयुक्त छ
-उपयुक्त छैन
-जानकारी भएन

६) नेकपा (एमाले)को विधानमा कार्यकारी पदमा एउटै व्यक्ति २ कार्यकालभन्दा बढी बस्न नपाउने भन्ने व्यवस्था राख्ने बारे तपाईंको राय के छ ?

-आवश्यक छ
-आवश्यक छैन
-जानकारी भएन

७) महाधिवेशन/अधिवेशनमा आयोजकहरू स्वतः प्रतिनिधि हुने व्यवस्थाबारे तपाईको राय के छ ?

-ठीक छ
-ठीक छैन, तलबाट आवधिक निर्वाचित भएर आउनुपर्छ
-जानकारी भएन

८) विधानमा रहेको ३३ प्रतिशत महिला सहभागिताको व्यवस्थाबारे तपाईंको राय के छ ?

-पर्याप्त छ
-पर्याप्त छैन, बढाउनुपर्छ
-बढी भयो, घटाउनुपर्छ
-जानकारी छैन

९) पार्टी सञ्चालनका लागि लिइने चन्दा र आर्थिक सहयोगको स्रोत पूर्णरुपमा पारदर्शी बनाउनु आवश्यक छ ?

-आवश्यक छ
-आवश्यक छैन
-जानकारी भएन

१०) विधानमा फास्ट ट्र्याक प्रणालीको व्यवस्था राखेर नयाँ प्रतिभाशाली व्यक्तिहरुलाई कमिटीमा समावेश गर्ने बारे तपाईको राय के छ ?

-सहमत छु, २० प्रतिशत राख्नुपर्छ
-सहमत छु, ३० प्रतिशत राख्नुपर्छ
-सहमत छु, ४० प्रतिशत राख्नुपर्छ
-आवश्यक छैन
-जानकारी छैन

११) विभिन्न संवैधानिक आयोगका पदाधिकारी भई जिम्मेवारी बहन गरिसकेका व्यक्तिहरू पुनः पार्टी जिम्मेवारीमा सक्रिय हुने व्यवस्था राख्नेबारे तपाईंको धारणा के छ ?

-ठीक छ
-ठीक छैन
-जानकारी भएन

१२) आवधिक निर्वाचनको लागि उम्मेदवार चयन गर्दा कुन् विधि उपयुक्त हुन्छ ?

-पार्टी कमिटीले तय गर्ने
-पार्टी सदस्यको मतबाट छनौट गर्ने
-जानकारी भएन

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ३ : ०८ बजे

लैङ्गिक समानताले समाज सम्मानित, सुरक्षित र समावेशी बन्छ : सभापति देउवा

पाटन– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलता

नेपालको पोस्टमा उत्तर कोरियाले हान्यो ११ गोल

काठमाडौं– एएफसी एसियन कप छनोटको अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग पराजित

मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफा ४८ प्रतिशतले बढ्यो 

काठमाडौं– मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष

दिवङ्गत आफन्तको सम्झनामा मनाइयो गाईजात्रा

काठमाडौं– काठमाडौंका नेवार समुदायले गाईजात्रा पर्व मनाएका छन् ।  एक

सामुदायिक वनलाई समृद्धिसँग जोड्नुपर्छ : उपमहासचिव ज्ञवाली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सामुदायिक वनलाई