भारतीय किसानको हितविपरीत सम्झौता गर्दिनँ, जस्तोसुकै मूल्य चुकाउन पनि तयार छु : मोदी « Khabarhub

भारतीय किसानको हितविपरीत सम्झौता गर्दिनँ, जस्तोसुकै मूल्य चुकाउन पनि तयार छु : मोदी


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देशका किसानको हितविपरीत कुनै सम्झौता नगर्ने दृढता व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ५० प्रतिशत भन्सार शुल्क थोपरेलगत्तै मोदीको यस्तो भनाइ आएको हो ।

आफूले भारी मूल्य चुकाउनु परेपनि किसानको हितविपरित कुनै सम्झौता नगर्ने मोदीको भनाइ छ । राजधानी नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा उनले अमेरिका वा ट्रम्पको नाम भने लिएनन् ।

बुधबारमात्रै ट्रम्पले भारतले रुससँग तेल खरिदलाई निरन्तरता दिएको भन्दै भारतीय सामानमा थप २५ प्रतिशत शुल्क बढाएर ५० प्रतिशत पुर्‍याएका थिए । यो शुल्क आगामी अगस्ट २८ देखि लागू हुने अपेक्षा गरिएको छ ।

भारतीय विदेश मन्त्रालयले ट्रम्पको यस कदमलाई ‘अत्यन्त दुर्भाग्यपूर्ण’ भनेको छ । मन्त्रालयले राष्ट्रिय हितको रक्षाका लागि आवश्यक सबै कदम चाल्ने पनि उल्लेख गरेको छ ।

अमेरिकाले भारतीय कृषि बजारमा सहज पहुँच चाहेको छ । यद्यपि भारतले अमेरिकाको यस्तो प्रस्ताव अस्वीकार गर्दै आएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार भारतले कृषि बजारमा अमेरिकालाई पहुँच दिन अस्वीकार गर्ने र रुसी तेल किन्न नछाड्ने भएपछि भारत र अमेरिकाबीच ५ चरणका व्यापार वार्ता अवरुद्ध भएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ३ : १५ बजे

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका

राज्यमन्त्रीको सेवा पाउनेगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

काठमाडौं– अन्तरिम सरकारले प्रधानमन्त्री सुशिला कार्कीको प्रेस सल्लाहकारमा राम रावललाई

कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने भएको