सांसदहरूद्वारा पशुपति क्षेत्रको निरीक्षण « Khabarhub

सांसदहरूद्वारा पशुपति क्षेत्रको निरीक्षण


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले बिहीबार पशुपतिनाथ क्षेत्रको निरीक्षण तथा अनुगमन गरेको छ । 

सभापति राजकिशोर यादवको नेतृत्वमा पुगेको समितिका पदाधिकारीको  टोलीले पशुपति क्षेत्र विकास कोष तथा मन्दिर क्षेत्रको समग्र अवस्थाबारे अवलोकन गरेको हो । सो टोलीले मन्दिरका मूल पुजारी भट्टसँग पनि आवश्यक सल्लाह सुझावसहित छलफल गरेको थियो ।

अवलोकनमा सांसदहरू उदय शमशेर राणा, एकनाथ ढकाल, प्रेम सुवाल, नारायणप्रकाश साउद, दामोदर पौडेल वैरागी लगायतको सहभागिता रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

निरीक्षण टोलीले मन्दिर परिसरका पूर्वाधार, व्यवस्थापन, स्वच्छता तथा पर्यटनमैत्री वातावरणका विषयमा गहिरो चासो राख्नुका साथै समितिका पदाधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारीबीच छलफलसमेत भएको कोषका निमित्त सदस्य–सचिव शुभाषचन्द्र जोशीले जानकारी दिए ।

उनले भने, ‘समितिले पशुपति क्षेत्रमा विद्यमान समस्याका बारेमा प्रत्यक्ष जानकारी लिएको छ, पदाधिकारीले यहाँका समस्या अवलोकन गर्नुभयो र समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभएको छ ।’

छलफलका क्रममा पशुपति क्षेत्र विकास कोषले कोषको विकास, धार्मिक पर्यटकको सुविधा, सुरक्षा व्यवस्थापन र पूर्वाधार सुदृढीकरणका विषयमा विशेष ध्यान दिनुपर्ने औँल्याइएको तथा यहाँका समस्याको समाधानका लागि राज्यका तर्फबाट थप सहयोग आवश्यक रहेको धारणा राखिएको थियो ।

निरीक्षण पश्चात् समितिले निकट भविष्यमा पशुपति क्षेत्रको सुधार तथा विकासका लागि आवश्यक निर्देशन र सिफारिस गर्ने प्रतिबद्धता जनाएको समितिका सभापति यादवले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ३ : २७ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने