भैंसीको शिकार गर्न पुगेका अमेरिकी करोडपतिको भैंसीले नै हानेर ज्यान गयो « Khabarhub

भैंसीको शिकार गर्न पुगेका अमेरिकी करोडपतिको भैंसीले नै हानेर ज्यान गयो


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

केपटाउन– दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा शिकारको क्रममा अमेरिकी करोडपति एवम् चर्चित ट्रफी शिकारी आशर वाटकिन्सको मृत्यु भएको छ।

५२ वर्षीय वाटकिन्स केपले भैंसीको शिकार गर्न गएका बेला आक्रामक स्वभावको एउटा भैंसीकै आक्रमणमा परेर गत अगस्ट ३ मा घटनास्थलमै ज्यान गुमाएका हुन्।

शिकारका क्रममा उनी एक व्यावसायिक शिकारी र ट्र्याकरको साथमा १.३ टन तौल भएको भैंसीको ट्र्याक गर्दै थिए। त्यहीबेला अचानक ‘ब्ल्याक डेथ’ भनेर चिनिने उक्त भैंसीले उनलाई आक्रमण गरेको थियो। भैंसीले हानेपछि भाग्न नसकेका उनको त्यहीँ ज्यान गएको हो ।

शिकारको आयोजक कम्पनी क्वेनराड भर्माक सफारिजले घटनाको पुष्टि गर्दै आशरप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। कम्पनीले घटनापछि परिवारलाई आवश्यक सहयोग गरिरहेको जनाएको छ।

वाटकिन्स ट्रफी शिकारीको रूपमा चिनिएका व्यक्ति थिए। सामाजिक सञ्जालमा उनले विभिन्न वन्यजन्तुहरूको शिकारपछि खिचिएका तस्बिरहरू पोस्ट गर्ने गर्थे । जसका कारण उनले व्यापक आलोचना हुने गरेको थियो ।

उनकी अघिल्लो पत्नीका अनुसार यो घटनाले छोरी सावान्नालाई गहिरो मानसिक चोट पुर्‍याएको छ। शिकारमा ख्यातीिकमाएका वाटकिन्सको निधनले सामाजिक सञ्जालमा फेरि शिकारसम्बन्धी बहस चर्किएको छ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ३ : ३१ बजे

रुपन्देही २ : रास्वपाका उम्मेदवार खरेलमाथि पैसा बाँडेको आरोप, उनी भन्छन्– आक्रमण गरियो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलमाथि मतदातालाई पैसा बाँडेको

रुपन्देही ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र पक्राउ

काठमडौँ – रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार

टि २० विश्वकप : फाइनलमा पुग्यो न्युजिल्याण्ड, दक्षिण अफ्रिका ९ विकेटले पराजित

कोलकाता – न्युजिल्याण्ड टि २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ

निर्वाचन पर्यवेक्षण गर्न नौ देशका प्रमुख आयुक्त काठमाडौंमा

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका

मोरङमा निर्वाचन कर्मचारीबीच नै झगडा

काठमाडौँ – भोलि बिहानदेखि प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको तयारीका