भैंसीको शिकार गर्न पुगेका अमेरिकी करोडपतिको भैंसीले नै हानेर ज्यान गयो « Khabarhub

भैंसीको शिकार गर्न पुगेका अमेरिकी करोडपतिको भैंसीले नै हानेर ज्यान गयो


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

केपटाउन– दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा शिकारको क्रममा अमेरिकी करोडपति एवम् चर्चित ट्रफी शिकारी आशर वाटकिन्सको मृत्यु भएको छ।

५२ वर्षीय वाटकिन्स केपले भैंसीको शिकार गर्न गएका बेला आक्रामक स्वभावको एउटा भैंसीकै आक्रमणमा परेर गत अगस्ट ३ मा घटनास्थलमै ज्यान गुमाएका हुन्।

शिकारका क्रममा उनी एक व्यावसायिक शिकारी र ट्र्याकरको साथमा १.३ टन तौल भएको भैंसीको ट्र्याक गर्दै थिए। त्यहीबेला अचानक ‘ब्ल्याक डेथ’ भनेर चिनिने उक्त भैंसीले उनलाई आक्रमण गरेको थियो। भैंसीले हानेपछि भाग्न नसकेका उनको त्यहीँ ज्यान गएको हो ।

शिकारको आयोजक कम्पनी क्वेनराड भर्माक सफारिजले घटनाको पुष्टि गर्दै आशरप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। कम्पनीले घटनापछि परिवारलाई आवश्यक सहयोग गरिरहेको जनाएको छ।

वाटकिन्स ट्रफी शिकारीको रूपमा चिनिएका व्यक्ति थिए। सामाजिक सञ्जालमा उनले विभिन्न वन्यजन्तुहरूको शिकारपछि खिचिएका तस्बिरहरू पोस्ट गर्ने गर्थे । जसका कारण उनले व्यापक आलोचना हुने गरेको थियो ।

उनकी अघिल्लो पत्नीका अनुसार यो घटनाले छोरी सावान्नालाई गहिरो मानसिक चोट पुर्‍याएको छ। शिकारमा ख्यातीिकमाएका वाटकिन्सको निधनले सामाजिक सञ्जालमा फेरि शिकारसम्बन्धी बहस चर्किएको छ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ३ : ३१ बजे

कांग्रेसको वार्ता समिति सदस्य थपिएको थपियै : शेखर टिमबाट जीवन परियार र मिनेन्द्र रिजाल चुनिए

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका