आवतजावतमा विशेष सावधानी अपनाउन प्रशासनको आग्रह « Khabarhub

आवतजावतमा विशेष सावधानी अपनाउन प्रशासनको आग्रह


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बैतडी– लगातार वर्षाका कारण बाढीपहिरो र अन्य प्राकृतिक विपद्को जोखिम बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले जानकारी दिँदै मनसुनजन्य विपद्का सम्भावनालाई मध्यनजर गर्दै आवतजावतमा विशेष सावधानी अपनाउन, रातको समयमा जोखिमयुक्त स्थानमा नबस्न, नदी, खोल्सामा नजान तथा सतर्कतापूर्वक यात्रा गर्न सबैलाई आग्रह गरेको हो । 

बैतडीका धेरै भूभाग पहिरोको उच्च जोखिममा छन् । सानो असावधानीले क्षति निम्त्याउन सक्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । प्रशासनले स्थानीय तहहरूसँग समन्वय गर्दै विपद् व्यवस्थापन समिति सक्रिय बनाएको जनाएको छ । साथै, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाईसमेत तयारी अवस्थामा राखिएको बताइएको छ । 

आम नागरिकलाई अनावश्यक यात्रा नगर्न, घर छाड्दा परिवारलाई जानकारी गराउन, मोबाइल तथा सञ्चारका साधन चार्ज गरेर राख्न, आवश्यक कागजात सुरक्षित राख्न तथा आकस्मिक उद्धारका लागि तयार रहनसमेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

यस्तै, सम्भावित विपद्का घटनाबारे तत्काल नजिकैको सुरक्षाकर्मी वा वडा कार्यालयमा जानकारी गराउन पनि प्रशासनले अनुरोध गरेको हो । विगत वर्षमा जस्तै यस वर्ष पनि मनसुन अवधिभर प्रशासनले विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि ‘डिजास्टर अलर्ट’ प्रणाली, सूचना प्रवाह तथा उद्धार संयन्त्रलाई प्राथमिकतामा राखेको जनाएको छ । 

मनसुनको समयलाई संवेदनशील जनाउँदै प्रशासनले नागरिक, सञ्चारकर्मी, सङ्घ संस्था स्थानीय स्वयंसेवकलाई एकीकृत रूपमा विपद् व्यवस्थापनमा सहकार्य गर्नसमेत प्रशासनले आग्रह गरेको छ ।
 

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ३ : ३२ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।