पशुपति क्षेत्र विकास कोषको नाममा रहेका जग्गा उपयोगबारे विवरण उपलब्ध गराउन निर्देशन « Khabarhub

पशुपति क्षेत्र विकास कोषको नाममा रहेका जग्गा उपयोगबारे विवरण उपलब्ध गराउन निर्देशन


२२ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषको नाममा रहेका जग्गाहरूको उपयोगको सम्पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । 

बिहीबार पशुपति क्षेत्र विकास कोष र पशुपति क्षेत्रको अवलोकन गर्दै समितिले पशुपति क्षेत्रका नाममा रहेको जग्गा र हाल प्रयोग भइरहेको अवस्थाका बारेमा सम्पूर्ण विवरण भाद्र १५ गतेभित्र समितिमा उपलब्ध गराउन निर्देशन दिएको हो । 

हालसम्म कोषको नाममा रहेका जग्गा कुन–कुन प्रयोजनका लागि उपयोग भइरहेको छ वा कसले उपभोग गरिरहेको छ भन्ने विस्तृत जानकारी गराउन कोषलाई निर्देशन दिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिए ।

उनले नियम विपरीत अधिकार दुरुपयोग गरेर कोषको जग्गा प्रयोजनका लागि दिइएको पाइए समितिले कारबाहीको सिफारिस गर्ने बताए । सभापति यादवले कोषको सम्पूर्ण मुद्दाको अवस्थाका बारेमा पनि जानकारी गराउन निर्देशन गए ।

उनले पशुपति गुरुयोजनाका बारेमा समेत विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको जानकारी दिए । कोषले उपलब्ध गराउने कागजात अध्ययन गरेर समितिले थप निर्णय गर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  ३ : ५९ बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो