रामहरि खतिवडालाई प्रचण्डले भने- पदमा बस्ने अधिकार छैन, राजीनामा दिनुस् « Khabarhub

रामहरि खतिवडालाई प्रचण्डले भने- पदमा बस्ने अधिकार छैन, राजीनामा दिनुस्


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्न सरकारसँग माग गरेका छन् ।  

अखिल (क्रान्तिकारी)ले बिहीबार काठमाडौंमा आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा प्रचण्डले एमाले र कांग्रेसका कारण विद्यालय शिक्षा विधेयक संसदीय समितिमा रोकिएको भन्दै छिटो पारित गर्न सरकारसँग माग गरेका हुन्  ।

उनले विद्यालय शिक्षा विधेयक पारित र उच्च शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयन भए शिक्षा क्षेत्रका ९० प्रतिशत समस्या हल हुने बताए । संविधानको मर्म अनुसार ऐन बन्न नसक्दा शिक्षा क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको उनको भनाइ छ ।

प्रचण्डले अझै पनि ठूला पार्टीहरू शिक्षाको गुणस्तर वृद्धिमा गर्नमा भन्दा निजी क्षेत्रलाई नै प्राथमिकता दिने मानसिकतामा रहेको जिकिर गरे । शिक्षामा सुधार गर्ने प्रयत्न गर्दा ठूला पार्टीले हमला गरेको भन्दै प्रचण्डले नेपालमा फेरि अर्को क्रान्तिको आवश्यकता देखिएको जिकिर गरे  । 

उनले वर्तमान सरकारले देश र जनताका पक्षमा कुनै पनि काम गर्न नसकेको आरोप लगाए ।

त्यस्तै विद्यार्थीहरूको प्रश्नमा प्रचण्डले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई उक्त पदमा बस्ने अधिकार नभएको बताए । खतिवडाले राजीनामा नदिने ठूलो गल्ती हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ४ : ५१ बजे

आजको मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको सकियो

नवलपरासी – नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

आज २०८३ साल वैशाख १९ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि