‘संविधानले तोकेको समयभित्रै कांग्रेस महाधिवेशन हुन्छ’ « Khabarhub

‘संविधानले तोकेको समयभित्रै कांग्रेस महाधिवेशन हुन्छ’


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

लहान– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पार्टीको विधान र नेपालको संविधानअनुसार नेपाली कांग्रेसको १५ महाधिवेशन हुने बताएका छन् । कांग्रेस नगर कार्यसमिति लहानले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले पार्टीको विधान र देशको संविधानले तोकेको समयावधि भित्रै महाधिवेशन हुने बताएका हुन् । 

‘पार्टीको विधानले दिएअनुसार र नेपालको संविधानले दिएअनुसार पार्टीलाई वैध गर्नका लागि त्यही समयभित्र गर्नुछ,’ सिंहले भने, ‘पार्टीभित्र राम्रोसँग मान्छे चिनेर तपाईंले भोटिङ गर्नुहोला ।’

कांग्रेसको विधानमा हरेक चार वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्था भए पनि एक वर्ष थप गर्न पाउने अधिकार सभापतिलाई प्रत्यायोजन गरिएको छ । यस्तै संविधानमा राजनीतिक दलहरूले साढे ५ वर्षमा महाधिवेशन गरिसक्नुपर्ने व्यवस्था छ ।       

‘पार्टीको विधानमा हरेक चार वर्षमा महाधिवेशन हुनुपर्छ भनेर किटान गरेको छ । केही विपद् आएको खण्डमा, पार्टीले गर्नुपर्ने काम गर्न पूरा नगरेको खण्डमा एक वर्ष म्याद थप्ने गरेकै छ । हरेक सभापतिले थप्ने गरेकै छ,’ सिंहले भने, ‘त्यतिमात्रै नभएर संविधानसभाको समयमा पाँच वर्षमा गर्न नसकेर सर्वदलीय बैठक राखेर, सबैलाई चित्त बुझाएर कांग्रेसले नेतृत्व गरिरहेको बेलामा महाधिवेशन गर्दा संविधान लेखनको काम एकातिर पर्ने भएका हुनाले अर्को ६ महिना थप्न पाउँ भनेर संविधान संशोधन गरेको हो नि त ।’

उनले पार्टीभित्र समयमै महाधिवेशन गर्नुपर्छ भन्दै आएका नेताहरू प्रति आक्रोशसमेत पोखे ।

 ‘महाधिवेशन समयमा हुनुपर्‍यो भनेर माग चैँ गर्ने, समयमा गर्नका लागि गर्नुपर्ने काम पूरा नभएसम्म महाधिवेशन हुन सक्दैन नि,’ सिंहले भने, ‘क्रियाशील सदस्यता अपडेटिङ हुनुपर्‍यो, नयाँलाई दिनुपर्‍यो, मौलिक कुरा पूरा हुनुपर्‍यो । त्यो गर्दै नगर्ने, अनि टाइममा हुनुपर्‍यो भनेर पदमै बसेर कराएरमात्रै हुन्छ र रु’

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ४ : ५४ बजे

 निगमको पाक्षिक घाटा तीन अर्ब बढी

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भारतबाट महँगिएर आयो इन्धन, नेपालमा भाउ यथावत् राख्ने निगमको निर्णय

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने

बाढीमा छोरा–बुहारी गुमाए, नातिनातिनीको जिम्मा सरकारले लियो

काठमाडौं – नुवाकोटमा आएको विनाशकारी बाढीले बाजुराका यी वृद्धबाट छोरा

सिङ्गापुरमा सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु

सिङ्गापुर – सिङ्गापुरले सरकारी अधिकारीहरूका लागि ‘डेटिङ प्लेटफर्म’ सुरु गरेको

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८