शिक्षक महासंघले भदौ दोस्रो सातादेखि फेरि आन्दोलन गर्ने « Khabarhub

शिक्षक महासंघले भदौ दोस्रो सातादेखि फेरि आन्दोलन गर्ने


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले वाचा गरेअनुसारका माग सम्बोधन गरेर विद्यालय शिक्षा विधेयक नल्याएपछि नेपाल शिक्षक महासंघले भदौ दोश्रो हप्तादेखि अर्को आन्दोलन गर्ने भएको छ।

बिहीबार काठमाडौंमा बसेको महासंघको बैठकले पूर्वसहमतिअनुसार शिक्षा विधेयक अघि नबढेको भन्दै भदौ दोस्रो सातादेखि अर्को आन्दोलन गर्ने निर्णय गरेको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

आन्दोलनका कार्यक्रमका लागि आन्दोलन परिचालन समितिले खाका तयार गर्ने र राष्ट्रिय समितिले पारित गर्ने उनले जानकारी दिए ।

त्यसअघि भदौ ३ र ४ गतेका लागि राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक बोलाएको अध्यक्ष सुवेदीले बताए । उनले शिक्षा समितिमा विधेयकमाथि के भइरहेको भन्ने आफूलाई जानकारी नभएको उल्लेख गर्दै प्रतिनिधिसभामा विधेयक दर्ता भएपछि मात्रै आफूहरूका माग सम्बोधन गरेका बिषयको आँकलन गरिने जिकिर गरे ।

बैठकमा सरकारसँग भएको सहमतिपछि अहिलेसम्मको अवस्थाबारे समीक्षा गरिएको उनले बताए । समग्र शिक्षक कर्मचारीलाई सन्तुष्ट बनाउने गरि र विद्यालय शिक्षाका समस्या समाधान गर्ने गरि विधेयक आउने जस्तो नदेखिएको महासंघको बुझाइ रहेको सुवेदीले बताए ।
 

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ५ : ३१ बजे

काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह आज

काभ्रे– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज

 निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौं– समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं – मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र