कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ « Khabarhub

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्तव्य ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी घर भई नागार्जुन बस्ने ३८ वर्षीय संदिप धामी भन्ने रूपलाल धामी रहेका छन् ।

वीर बहादुर मोक्तानको जाहेरीले धामीमाथि कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा सुनसरी जिल्ला अदालतको मुद्दा नम्बर ०७४-सीआर-०३९४ को निर्णय नं. १५१, मिति २०७५ साल फागुन २८ गतेको फैसलामा उक्त घटनाका प्रतिवादीहरूलाई जन्मकैद हुने ठहर गरेको थियो । 

प्रतिवादीहरू मध्यका संदिप धामी काठमाडौंमा लुकिछिपी बसिरहेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले मंगलबार सामाखुसीमा फेला पारी पक्राउ गरेको हो । 

उनीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय,महेन्द्रनगर चक्रघट्टी, सुनसरी पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ५ : ५० बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका