कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ « Khabarhub

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्तव्य ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी घर भई नागार्जुन बस्ने ३८ वर्षीय संदिप धामी भन्ने रूपलाल धामी रहेका छन् ।

वीर बहादुर मोक्तानको जाहेरीले धामीमाथि कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा सुनसरी जिल्ला अदालतको मुद्दा नम्बर ०७४-सीआर-०३९४ को निर्णय नं. १५१, मिति २०७५ साल फागुन २८ गतेको फैसलामा उक्त घटनाका प्रतिवादीहरूलाई जन्मकैद हुने ठहर गरेको थियो । 

प्रतिवादीहरू मध्यका संदिप धामी काठमाडौंमा लुकिछिपी बसिरहेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले मंगलबार सामाखुसीमा फेला पारी पक्राउ गरेको हो । 

उनीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय,महेन्द्रनगर चक्रघट्टी, सुनसरी पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ५ : ५० बजे

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढाउने सरकारको निर्णय

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं– एनसेलले १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक