गृहमन्त्रीले भने : पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्नेछन् « Khabarhub

गृहमन्त्रीले भने : पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्नेछन्


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – गृहमन्त्री रमेश लेखकले सन् २०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने स्थितिको सुनिश्चितता गरिने बताएका छन्।

आज नगरकोटमा आयोजना गरिएको सबैका लागि पूर्वसूचना राष्ट्रिय कार्याशालामा उनले अबको पाँच वर्षभित्रमा नेपालको प्रत्येक नागरिकले पूर्वसूचना पाउने सुनिश्चितता गरिने बर्ताका हुन् ।

गृहमन्त्री लेखकले भने, “जुन ठाउँमा हामीले पूर्वसूचना दिनसक्यौँ त्यस ठाउँमा भारी वर्षा भएर पनि मानवीय क्षति भएको छैन । जुन ठाउँमा पूर्वसूचना दिन सकेनाँै तुलनात्मक रुपमा कम वर्षा हुँदा पनि त्यस क्षेत्रमा मानवीय क्षति भएको छ ।”

हालै रसुवामा आएको बाढीबारे पूर्वजानकारी नहुँदा जनधनको क्षति भएको बताउँदै गृहमन्त्री लेखकले गत वर्ष कञ्चनपुरमा ७७ वर्षयताकै सबैभन्दा ठूलो वर्षा हुँदा पनि पूर्वसूचनाका कारण मानवीय क्षति नभएको उल्लेख गरे ।

नेपालमा पनि एकतिहाइ जनसङ्ख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको पूर्वसूचना बाहिर रहेको चर्चा गर्दै उहाँले पूर्वसूचना प्रणालीले मानवीय क्षति न्यूनीकरणमा सहयोग पुगेको बताए । उनले विश्वमा मनसुनजन्य जोखिममा रहेका एक तिहाइ जनसङ्ख्या अझै पनि पूर्वसूचनाको पहुँचमा नरहेको तथ्याङ्क रहेको बताउँदै त्यसमा नेपाल पनि रहेको उल्लेख गरे ।

संयुक्त राष्ट्रसङ्घले सन् २०२२ मा घोषणा गरेर २०२७ भित्र एक तिहाइ मानिसले पनि सूचना प्राप्त गर्नुपर्छ भनेको चर्चा गर्दै गृहमन्त्री लेखकले पूर्वसूचनाले सुरक्षा निकायलाई काम गर्न सहज भएको बताए।

कार्यक्रममा सहभागीहरुले मनसुनजन्य विपद् रोक्न पूर्वसूचनाका साथै तीनतहका सरकारले चनाखो भएर लाग्नुपर्ने आवश्यकता औँल्याएका थिए । जोखिममा रहेका क्षेत्रको पहिचान गर्ने र सम्भावित जोखिम न्यूनीकरणका उपायलाई तीव्र बनाउनुपर्ने सहभागीहरुको भनाइ थियो ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  १० : ५० बजे

आजको मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको सकियो

नवलपरासी – नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

आज २०८३ साल वैशाख १९ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि