रक्षा सम्बन्धलाई थप मजबुत बनाउन भारत र न्यूजील्याण्ड प्रतिबद्ध « Khabarhub

रक्षा सम्बन्धलाई थप मजबुत बनाउन भारत र न्यूजील्याण्ड प्रतिबद्ध


२२ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत र न्यूजील्याण्डले रक्षा सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । दुई देशबीचका उच्चस्तरीय अधिकारीबीच भएको भेटमा रक्षा र सामरिक सहयोगलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको हो ।

भारतका रक्षा राज्यमन्त्री सञ्जय सेठ र न्यूजील्याण्डको रक्षा मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय शाखाकी प्रमुख क्याथलिन पियर्सबीच भेटवार्ता भएको हो ।

वार्ताका क्रममा द्विपक्षीय रक्षा साझेदारी, संयुक्त सैन्य अभ्यास, प्रविधि आदानप्रदान र क्षेत्रीय सुरक्षा चुनौतीहरूमा सहकार्य जस्ता विषयहरूमा छलफल भएको छ । दुवै देशले हिन्द प्रशान्त क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न संयुक्त प्रयास गर्ने सहमति जनाएका छन् ।

दुई मुलुकले आतंकवादविरुद्ध लड्ने, समुद्री सुरक्षा सुनिश्चित गर्ने, र साइबर सुरक्षामा सहकार्यलाई प्राथमिकता दिने उल्लेख गरेका छन् ।

दुवै देशले रक्षा प्रविधि र नवप्रवर्तनमा संयुक्त अनुसन्धान र विकासलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यो कदमले दुई देशबीचको रणनीतिक सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  ८ : ०८ बजे

पाकिस्तानमा सुरक्षा कारबाहीमा दुई सैनिकसहित १८ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको

भन्सार छलिका १६ लाखभन्दा बढीको अवैध सामान बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा रु १६ लाखभन्दा

छठ पर्वका लागि कमलपोखरीमा सम्पूर्ण तयारी पूरा

 काठमाडौँ– दिपावली पछिको राष्ट्रिय पर्व छठका लागि कमलपोखरीमा सम्पूर्ण तयारी

विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको खेलमा अहिले लुम्बिनी

नेपालको २५ लाख हेक्टर वनमा कार्बन कार्यक्रम विकास गरिने 

अन्ताल्या– नेपाल सरकार र विश्वव्यापी जलवायु समाधान प्रदायक संस्था साउथ