आज राति खग्रास चन्द्रग्रहण लाग्ने, कुन राशिलाई कस्तो फल ? « Khabarhub

आज राति खग्रास चन्द्रग्रहण लाग्ने, कुन राशिलाई कस्तो फल ?


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भाद्र शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लाग्दै छ । यो २०८२ सालको पहिलो चन्द्र ग्रहण हो ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज राति १० बजेर ११ मिनेटमा स्पर्श हुने चन्द्रग्रहण ११ बजेर ५६ मिनेटमा मध्य हुनेछ । यसैगरी १२ बजेर ३८ मिनेटमा उन्मीलन तथा राति १ बजेर ४१ मिनेटमा मोक्ष हुने बताइएको छ ।

जम्मा ३ घण्टा ३० मिनेट रहने ग्रहणमा १ घण्टा २३ मिनेट खग्रास रहने समितिले जनाएको छ ।

आजको ग्रहण नेपाल, भारतलगायत एसियाका धेरै देशबाट सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिने छ ।

साढे तीन घण्टा काठमाडौंबाट चन्द्रग्रहण देखिने उनले बताए । ०८२ सालको यो पहिलो ग्रहण हो । आउँदो फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ ।

शास्त्रीय मान्यताअनुसार आज दिउँसो १ बजेर ११ मिनेटदेखि बालबालिका, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ ।

चन्द्रग्रहणको अवधिमा मन्त्र जप, दान, स्नान गर्नुलाई राम्रो मानिन्छ भने सुत्ने, खाने, मैथुनलगायतका कार्यलाई बर्जित गरिएको छ ।

चन्द्र ग्रहणको फल कुन राशिलाई कस्तो ?
मेष– लाभ
वृष– सुखम्
मिथुन– माननाश
कर्कट– कष्टम्
सिंह– स्त्रीपीडा
कन्या– सौख्यम्
तुला– चिन्ता
वृश्चिक– व्यथा
धनु– श्रीप्राप्ति
मकर– क्षति
कुम्भ– घात
मीन– व्यय 

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ८ : ३३ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका