देउवालाई बालेन्द्रको कटाक्ष : फेसबुक कुन भीपीएनबाट चलाउँदै हुनुहुन्छ ?  « Khabarhub

देउवालाई बालेन्द्रको कटाक्ष : फेसबुक कुन भीपीएनबाट चलाउँदै हुनुहुन्छ ? 


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार सुनसरीको भोक्राहा पुगे ।

भोक्राहा नरसिंहमा नेपाल उराव संघ स्थापना भएको पहिलो वर्षको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले खासमा राजनीतिक भाषण दिएनन् । 

उनले त्यहाँ पुगेर उराव जातिको उत्थानको लागि स्थानीय, प्रदेश र केन्द्रीय सरकार लाग्नुपर्ने बताए । 

सभापति देउवाले उराव समुदायको उत्थान गर्न उराव समुदायको मौलिक संस्कृतिको संरक्षणका लागि तीन तहका सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताए ।

नेपाल उराव संघ केन्द्रीय कार्यसमितिद्वारा आयोजना गरेको करम पूर्व सन्ध्या तथा करम पूजा सांस्कृतिक महोत्वसव कार्यक्रममा बोल्दै कांग्रेस सभापति देउवाले उरावको मौलिक संस्कृतिलाई समेत राज्यले संरक्षण गर्नुपर्ने बताए ।

त्यसपछि उनले शनिबार नै सामाजिक सञ्जाल फेसबुकमा उक्त कार्यक्रमका पाँचवटा तस्बिर पनि पोस्ट गरे । जसमा लेखिएको थियो, ‘आज सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराव संघको स्थापन दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको छु।’

नेपालमा दर्ता नगरी चलाएको भन्दै सरकारले फेसबुकसहितका २६ वटा सामाजिक सञ्जाल बन्द गरेको अवस्थामा देउवाको फेसबुक भने सक्रिय थियो । उनै देउवाले शनिबार बिहान विराटनगर विमानस्थलमा दर्ता नगरेकोले सामाजिक सञ्जाल बन्द गरिएको बताएका थिए ।

बिहान यस्तो भनेर बेलुका त्यही फेसबुकमा पोस्ट गरेको देखेपछि आक्रोश पोख्नेको ओइरो लाग्यो । देउवाको उक्त पोस्टमा कमेन्ट गर्नेमध्ये एक थिए काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह । 

फेसबुककै बलमा २०७९ मा काठमाडौं महानगरको चुनाव जितेका उनलाई पनि फेसबुक प्रतिबन्धको असर परेको छ । त्यही असरको आक्रोश उनले देउवाको फेसबुक पोस्टमा पोखे । देउवाले फेसबुक पोस्ट लेखेको देखेपछि साह व्यंग्यमा उत्रिए 

व्यंग्यका क्रममा उनले देउवाको फेसबुक पोस्ट भीपीएनको सहयोगमा भएको हुन सक्ने अनुमान लगाए । ‘यो पोस्ट कुन भीपीएनबाट हो, नेपाली हो कि विदेशी? साह्रै गारो हुने रहेछ भीपीएनबाट चलाउन त!’

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  १२ : १७ बजे

प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम

भोजपुर – पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गतेको

पूर्वगृहमन्त्री लेखक बयानका लागि आज आयोगमा जाँदै

काठमाडौं – पूर्वगृहमन्त्री रमेश लेखक आज बयानका लागि भदौ २३

चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’

चितवन – हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको

प्रतिनिधिसभा निर्वाचन : एक मतदातास्थल र १८ केन्द्र थप गरियो

रौतहट – आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित

मध्यरातमा बालेन र रविलाई सुधनको चेतावनी : कुलमानलाई बाहिर राखेर एकता गरेको कि भ्रम छरेको ?

काठमाडौं – जेनजी अगुवा सुधन गुरुङले रवि लामिछाने र बालेन्द्र