एमाले विधान महाधिवेशन : पूर्वराष्ट्रपति भण्डारीले पठाएका ३५ सय पत्र वितरण  « Khabarhub

एमाले विधान महाधिवेशन : पूर्वराष्ट्रपति भण्डारीले पठाएका ३५ सय पत्र वितरण 


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएका करिब ३ हजार ५ सय चिठी वितरण भएका छन् । 

चिठी वितरण कर्ता प्रकाश पौडेलका अनुसार भण्डारीले ५ हजार भन्दा बढी चिठ्ठी विधान महाधिवेशन प्रतिनिधि र उपस्थितलाई वितरण गर्न पठाएकी थिइन । 

ती मध्ये भदौ २० गतेबाट शुरु भएको विधान महाधिवेशनमा ५ हजार पत्र वितरण भइसकेको बताइएको छ । 

विधान महाधिवेशनका एक प्रतिनिधिका अनुसार केन्द्रीय सचिवालयका केही नेताहरूलाई मात्र पत्र दिइएको छ । 

अध्यक्ष केपी ओलीलाई भने विद्याको पत्र हातमा  पुगेको छैन । तर उनलाई जिमेल गरेर पत्र सन्देश पठाइएको भण्डारी पक्षले जनाएको छ । 

‘सचिवालयका केही नेतालाई मात्र हातमा पत्र दियौँ । अध्यक्षलाई दिएको छैन । विधान महाधिवेशनका अन्य प्रतिनिधिलाई हातमा पत्र दियौँ । उहाँहरूलाई म्यासेजमा पनि पत्र पुगेको छ  ।’ ती नेताले खबरहबलाई भने, ‘अध्यक्ष ओलीलाई सामाजिक सञ्जाल र जिमेल मार्फत पत्र पठाइएको छ ।’

पत्र वितरक पौडेल कुनै डर र धम्की बिना पत्र वितरण गरेको दाबी गर्छन् । उनले भण्डारीले पठाएका ५ हजार पत्र नै वितरण गरिने बताए । 

उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विषयलाई लक्षित गर्दै त्यो विषय विधान महाधिवेशनमा छलफल नहुने अडान गरेका थिए । 

तर उनले पठाएको पत्र भने वितरणमा ओलीले रोक  लगाउन  सकेनन् । 

भण्डारीले  विधान महाधिवेशनका प्रतिनिधिहरूलाई पत्र लेख्दै आफ्नो सदस्यता नवीकरणप्रति उठाइएका प्रश्नप्रति आपत्ति जनाएकी छन्।

भण्डारीले २०३७ सालमा प्राप्त गरेको सदस्यता, राष्ट्रपति भइसकेर फर्किएपछि पनि पार्टी नेतृत्वको सल्लाहअनुसार नवीकरण भएको स्पष्ट पार्दै अहिले त्यसलाई अस्वीकार गर्ने वा निष्क्रिय बनाउने प्रयास गरिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेकी छन्।

भण्डारीले आफ्नो पत्रमा भनेकी छन्, ‘मेरो सदस्यताको सवाल केवल व्यक्तिगत होइन, पार्टीको विधि, मूल्य र लोकतान्त्रिक अभ्याससँग गाँसिएको विषय हो। यो प्रश्नले सम्पूर्ण लोकतान्त्रिक संस्कृतिलाई कमजोर पार्दछ।’

विधान महाधिवेशन आज सकिँदै छ ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  २ : २० बजे

चेल्सी एफएकपको फाइनलमा

लन्डन – एन्जो फर्नान्डेजको निर्णायक गोलको मद्दतले चेल्सीले लिड्स युनाइटेडलाई

सुकुम्बासी व्यवस्थापनमा प्रधानमन्त्री बालेनको ऐतिहासिक सक्रियता

काठमाडौं- नवनिर्वाचत सरकारका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सक्रियतामा सुकुम्बासी

न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह

बाजुरा– स्थानीय तहका जनप्रतिनिधिहरुले स्थानीय तहलाई विभिन्न अधिकार भएपनि सङ्घीय

आईपीएल : रिंकु सिंह नायक बनेको खेलको सुपर ओभरमा कोलकाता विजयी

लखनउ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार रातिको खेलमा

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन

धुञ्चे– उत्तरी नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा ३१