गल्फ लुब्रिकेन्ट्सको पार्टनर मिटमा महिला क्रिकेट उप–कप्तान पूजा महतो ब्रान्ड एम्बेसडर « Khabarhub

गल्फ लुब्रिकेन्ट्सको पार्टनर मिटमा महिला क्रिकेट उप–कप्तान पूजा महतो ब्रान्ड एम्बेसडर


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गल्फ लुब्रिकेन्ट्सका आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले पोखरामा ‘रिडिफाइन योर लिमिट्स’ नारासहित वार्षिक पार्टनर मिट सम्पन्न गरेको छ । 

यस कार्यक्रममा नेपालभरिका ३३ भन्दा बढी व्यावसायिक पार्टनर तथा नेपाल ल्युब आयल लिमिटेडका संचालक समितिका सदस्यहरू र अन्य प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

कार्यक्रममा पार्टनरहरूको क्षमता विकासका लागि विशेष प्रशिक्षण सत्र, विगत वर्षको समग्र समीक्षा तथा आगामी दिनहरूको रणनीतिक रोडम्याप प्रस्तुत गरिएको कम्पनीको दाबी छ । सो कार्यक्रम विभिन्न विधाहरूमा उत्कृष्ट प्रदर्शन गरेका गल्फका पार्टनरहरूलाई सम्मान पनि गरिएको थियो । 

सो अवसरमा नेपाल ल्युब आयल लिमिटेडले राष्ट्रिय महिला यू–१९ क्रिकेट टोलीकी उप–कप्तान पूजा महतोलाई गल्फको आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको घोषणा गरेको छ । 

 कम्पनीका अनुसार, ‘पूजा महतो नेपाली क्रिकेटको उदयीमान तारा हुनुहुन्छ । उहाँको लगनशीलता र अथक मेहनतले नेपाली महिला क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्‍याएको छ । यो सहकार्यले कम्पनी र महतो दुवैलाई मात्र होइन, सम्पूर्ण नेपाली महिला क्रिकेटलाई समेत लाभ पुग्ने हाम्रो विश्वास छ ।’

ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त भएपछि  महतोले भनिन्, ‘गल्फ विश्वव्यापी रूपमा प्रतिष्ठित ब्रान्ड हो, जुन उच्च प्रदर्शन र गुणस्तरको लागि परिचित छ। यस ब्रान्डसँग सहकार्य गर्न पाउँदा म निकै खुसी छु । यसले मलाई मात्र होइन, भविष्यमा अरु महिला क्रिकेटरहरूलाई पनि यस्तै अवसर मिल्ने प्रेरणा दिनेछ भन्ने आशा गर्दछु ।’

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  २ : ४६ बजे

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले

सहमतिका लागि गगन–विश्व समूहले राख्यो देउवाको राजीनामासहित यी तीन शर्त

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा

विशेष महाधिवेशन विवाद : कांग्रेस वार्ता समितिको छलफल देउवा निवासमा

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,