गल्फ लुब्रिकेन्ट्सको पार्टनर मिटमा महिला क्रिकेट उप–कप्तान पूजा महतो ब्रान्ड एम्बेसडर « Khabarhub

गल्फ लुब्रिकेन्ट्सको पार्टनर मिटमा महिला क्रिकेट उप–कप्तान पूजा महतो ब्रान्ड एम्बेसडर


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गल्फ लुब्रिकेन्ट्सका आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले पोखरामा ‘रिडिफाइन योर लिमिट्स’ नारासहित वार्षिक पार्टनर मिट सम्पन्न गरेको छ । 

यस कार्यक्रममा नेपालभरिका ३३ भन्दा बढी व्यावसायिक पार्टनर तथा नेपाल ल्युब आयल लिमिटेडका संचालक समितिका सदस्यहरू र अन्य प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

कार्यक्रममा पार्टनरहरूको क्षमता विकासका लागि विशेष प्रशिक्षण सत्र, विगत वर्षको समग्र समीक्षा तथा आगामी दिनहरूको रणनीतिक रोडम्याप प्रस्तुत गरिएको कम्पनीको दाबी छ । सो कार्यक्रम विभिन्न विधाहरूमा उत्कृष्ट प्रदर्शन गरेका गल्फका पार्टनरहरूलाई सम्मान पनि गरिएको थियो । 

सो अवसरमा नेपाल ल्युब आयल लिमिटेडले राष्ट्रिय महिला यू–१९ क्रिकेट टोलीकी उप–कप्तान पूजा महतोलाई गल्फको आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको घोषणा गरेको छ । 

 कम्पनीका अनुसार, ‘पूजा महतो नेपाली क्रिकेटको उदयीमान तारा हुनुहुन्छ । उहाँको लगनशीलता र अथक मेहनतले नेपाली महिला क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्‍याएको छ । यो सहकार्यले कम्पनी र महतो दुवैलाई मात्र होइन, सम्पूर्ण नेपाली महिला क्रिकेटलाई समेत लाभ पुग्ने हाम्रो विश्वास छ ।’

ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त भएपछि  महतोले भनिन्, ‘गल्फ विश्वव्यापी रूपमा प्रतिष्ठित ब्रान्ड हो, जुन उच्च प्रदर्शन र गुणस्तरको लागि परिचित छ। यस ब्रान्डसँग सहकार्य गर्न पाउँदा म निकै खुसी छु । यसले मलाई मात्र होइन, भविष्यमा अरु महिला क्रिकेटरहरूलाई पनि यस्तै अवसर मिल्ने प्रेरणा दिनेछ भन्ने आशा गर्दछु ।’

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  २ : ४६ बजे

हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, अर्को विपद्को जोखिम टर्‍यो (तस्बिरहरू)

केरूङ (चीन)- नेपालको उत्तरी सीमा क्षेत्रनजिकै दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत)

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

जकार्ता– इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको

बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी

पर्सा– यहाँका पालिका, विभिन्न सामाजिक सङ्घसंस्था र उद्योगपति तथा समाजसेवीले

एआई तस्बिर प्रयोग गरी देवीघाटको एक्रोब्रिज बनिसकेको भन्दै जसले छरे भ्रम !

काठमाडौं– नुवाकोटको देवीघाटस्थित तादी नदीमाथि निर्माणाधीन एक्रोब्रिज तयार भइसकेको भन्दै