द्वन्द्वकालीन घटनाका थप १५ हजार भन्दाबढी नयाँ उजुरी पायौँ : सत्यनिरूपण तथा मेलमिलाप आयोग « Khabarhub

द्वन्द्वकालीन घटनाका थप १५ हजार भन्दाबढी नयाँ उजुरी पायौँ : सत्यनिरूपण तथा मेलमिलाप आयोग


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्यनिरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालीन घटनाका थप १५ हजार भन्दा बढी नयाँ उजुरी प्राप्त भएको जनाएको छ ।
 
आयोगले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काबु बाहिरको परिस्थिति र जबरजस्ती करणी वा गम्भीर यौनजन्य हिंसासँग सम्बन्धीत उजुरी माग गर्दा १५ हजार १ सय ९१ नयाँ उजुरी प्राप्त भएको जनाएको हो । 

बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ बमोजिम आयोगले ३ महिने सार्वजनिक सूचना जारी गरी उजुरी माग गरेको थियो ।

सो अवधिमा आयोगमा ५ हजार ४ सय ७१, जिल्लाबाट प्राप्त भएको उजुरी ५ हजार ८ सय ८, जबरजस्ती करणी वा यौनजन्य हिंसा सम्बन्धी उजुरी ३ हजार ९ सय १२ रहेको आयोगका सदस्य एवं प्रवक्ता अच्युत प्रसाद भण्डारीले जानकारी दिए । 

यसअघि जबरजस्ती करणी वा यौनजन्य हिंसा सम्बन्धी ३ सय १४ उजुरी मात्र दर्ता भएको थियो । सबैभन्दा बढी जिल्लागत उजुरी दर्ता भएको जिल्लामा जाजरकोटबाट ८८३ उजुरी प्राप्त भएको उनले बताए । उनले नयाँ र पुरानो गरी हालसम्मको कुल उजुरी संख्या ७८ हजार ९ सय ९ पुगेको जानकारी दिए । 

पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष महेश थापाले जबरजस्ती करणी वा यौनजन्य हिंसा सम्बन्धी उजुरी यसअघिको भन्दा धेरै परेको बताए । पीडितहरूको गोपनीयतालाई ध्यानमा राखेर आयोगले कामकारबाहीलाई अघि बढाउने उनले बताए । अध्यक्ष थापाले पहिलो दुई वर्षभित्रमा सबै मुद्दाहरूको सत्य छानबिन गर्ने र अरु प्रक्रिया अघि बढाइने उल्लेख गरे ।  

उनले आयोगलाई आवश्यक स्रोत साधन पर्याप्त भए चार वर्षभित्र सबै काम टुङ्गो लगाइने धारणा राखे । आयोगले २०५२ साल फागुन २ गतेदेखि २०६३ साल मंसिर ५ गतेसम्मका घटनाहरूमा मात्रै आयोगसमक्ष उजुरी दिन पाइने व्यवस्था गरेको थियो । 

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  २ : ५४ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन