नेपाली सेनाको हेलिकप्टरमार्फत काभ्रेबाट एक सुत्केरीको उद्धार « Khabarhub

नेपाली सेनाको हेलिकप्टरमार्फत काभ्रेबाट एक सुत्केरीको उद्धार


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काभ्रे– जिल्लाको विकट खानीखोला गाउँपालिकाको फुलडाडाँबाट एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

गाउँपालिकाको समन्वयमा फुलडाडाँको रोचक श्रेष्ठको श्रीमती १९ वर्षीय आयुष्मा ब्लोनको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

लामो समयसम्म बेथा लागेको तथा दिसा पिसाब रोकिएका कारण आयुष्माको स्वास्थ्य अवस्था जटिल बनेको थियो । उनलाई खानीखोलाको गाउँपालिका केन्द्रस्थित ताल्ढुंगा स्वस्थ चौकीको बर्थिङ सेन्टर ल्याइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत काठमाडौंस्थित प्रसूति गृह थापाथलीमा लगिएको हो ।

खानीखोला गाउँपालिकाको अध्यक्ष इन्द्रबहादुर थिङले राष्ट्रपति महिला उत्थान कार्यक्रम लागु भएपछि पहिलो पटक गाउँपालिकाबाट सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार भएको जानकारी दिए ।

अध्यक्ष थिङले डाँडापारि क्षेत्रमा अस्पताल नभएको स्वास्थ्य चौकीमा उपकरण अभावकै कारण पनि आतपमा हेलिकप्टरबाट सहरमै लैजानुपर्ने बाध्यता रहेको बताए ।

महिला तथा बालबालिका मन्त्रालयले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गर्दै आएको छ । कार्यविधि अनुसार सुत्केरी पोषण स्याहार तथा यातायातबापत २० हजार रुपैयाँ उपलब्ध गराइन्छ ।

सुत्केरी महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको हवाई सेवाबाट खर्च व्यहोर्ने गरी हेलिकप्टरमार्फत उद्धार गरिएको हो । 

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ५ : २१ बजे

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९