एमालेको नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको प्रतिवेदन पेस « Khabarhub

एमालेको नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको प्रतिवेदन पेस


२२ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भावी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको प्रतिवेदन पेस गरिएको छ । 

ललितपुरमा जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा विभिन्न समूहको छलफलका क्रममा नेताहरूले पार्टी नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको बताएको एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले बताए ।

महाधिवेशनको तेस्रो दिन समूहगत छलफलका क्रममा नेताहरूबाट व्यक्त भएका भनाइका सम्बन्धमा केही सञ्चारमाध्यमले गलत सूचना प्रवाह गरेको उनको भनाइ थियो ।

उनले विधान संशोधनको मुख्य विषय उमेर हद र दुई कार्यकालको विषयमा केही सञ्चारमाध्यमले गलत सूचना प्रवाह गरेको पनि दाबी गरे । 

‘सात भूगोल र तीन गैर भूगोल समूहका नेताहरूले छलफलमा उठेका विषयलाई समावेश गरी बन्द सत्रमा प्रतिवेदन पेस गरिसक्नुभयो । दश वटै समूह नेताहरूले राष्ट्रपति, उपराष्ट्रपति मात्रै होइन संवैधानिक नियुक्ति पाइसकेका व्यक्ति पार्टीमा फर्कन नपाउने व्यवस्था विधानमै गर्न सुझाव दिनुभएको छ’, उनले भने । 

सुदूरपश्चिम  प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशी, कर्णाली प्रदेशका अध्यक्ष तथा समूहगतका नेता गुलाबजंग शाह, लुम्बिनी प्रदेश अध्यक्ष तथा समूहगतका नेता राधाकृष्ण कँडेल, गौतमका अनुसार गण्डकी प्रदेशका उपाध्यक्ष तथा समूहगत नेता मीनप्रसाद गुरुङ, बागमती प्रदेशका अध्यक्ष तथा समूहगत नेता कैलाश ढुंगेल, मधेस प्रदेशका अध्यक्ष तथा समूहगत नेता चन्द्रेश्वर मण्डल, कोशी प्रदेशका अध्यक्ष तथा समूहगत नेता घनश्याम खतिवडा, गैर भूगोलका शिव अधिकारी, चुडामणि जंगली र भक्त गुरूङले आ–आफ्नो प्रतिवेदन पेस गरेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।
 

प्रकाशित मिति : २२ भदौ २०८२, आइतबार  ५ : २५ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको

न्यायालयमा ‘स्याउको बाकस’ काण्ड: बल्झियो ‘सुपरस्टोर’ र बिचौलियाको बहस

बाहिरबाट हेर्दा फलफूलको सामान्य कार्टुन जस्तो देखिने ‘स्याउको बाकस’ भित्र

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा