उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट मैदान निरीक्षण « Khabarhub

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट मैदान निरीक्षण


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं शहरी बिकासमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको निर्माण कार्यको स्थलगत निरीक्षण गरेका छन् । 

आइतबार कीर्तिपुरस्थित क्रिकेट मैदानको स्थलगत निरीक्षण गर्दै उपप्रधान एवं शहरी बिकासमन्त्री सिंहले निर्माणको कार्य सन्तोषजनक रहेको बताए । 

निरीक्षणका क्रममा ठेकेदार कम्पनीका प्रतिनिधिहरूले प्याराफिट र फ्लड लाइट जडान कार्यको प्रगतिका बारेमा जानकारी गराएका थिए । 

सिंहले बर्षा र मैदानका लागि आवश्यक सामाग्री विदेशबाट ल्याउनुपरेकाले निर्माण कार्य सम्पन्न हुन केही समय लागेको उल्लेख गरे । आगामी असोज २ गतेभित्र तीन वटा फ्लड लाइट जडान सम्पन्न हुने उनले बताए । उनले पहिलो चरणको कार्य सकिएपछि दोस्रो चरणमा १५ हजार सिट थप गर्ने गरी काम अघि बढाइने जानकारी दिए । 

तोकिएको समयमा निर्माण नसकेकाले निर्माण कम्पनीलाई जरिवाना गरेको र जरिवाना गरेपछि निरन्तर कार्य भइरहेको उनले बताए ।

कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप १० हजार क्षमताको प्यारा पिट निर्माण र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो । 

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ७ : १६ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको