हत्या मुद्धामा दोषी ठहर ४५ वर्षपछि पक्राउ « Khabarhub

हत्या मुद्धामा दोषी ठहर ४५ वर्षपछि पक्राउ


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले २०३७ कात्तिक ७ गते सिन्धुपाल्चोकको साबिक माङ्खा गाविस–७ का जीतबहादुर तामाङको आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट एवम् खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौँमा बस्ने जीवनाथ तिमल्सिनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक युवराज खड्काले तामाङको हत्यामा संलग्न तिमल्सिनालाई काठमाडौँ महानगरपालिका–१३ ताहचलबाट आज पक्राउ गरिएको जानकारी दिए ।

अदालतले २० वर्ष कैद सुनाएका तिमल्सिनालाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतको आदेशअनुसार कैद भुक्तानका लागि डिल्लीबजार कारागार चलान गरेको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ८ : १९ बजे

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ– घोराही उपमहानगरपालिका– १३ स्थित बाह्रकुने दहमा पछिल्लो समय आन्तरिक

दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ

सिरहा–  जेन-जी आन्दोलनका क्रममा गत २४ भदौमा देशका विभिन्न बाल सुधार

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले कूल

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

दमौली– सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा

रायोको सागमा ९९ प्रतिशत बढी विषादी, खान अयोग्य

काठमाडौं– रायोको सागमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । बिक्रीका