जेनजीको आन्दोलनमा समर्थन गर्दै रास्वपाले सरकारलाई भन्यो- दमन नगर्नू « Khabarhub

जेनजीको आन्दोलनमा समर्थन गर्दै रास्वपाले सरकारलाई भन्यो- दमन नगर्नू


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनरेसन जेड (जेनजी) को आन्दोलनप्रति समर्थन जनाउँदै दमन नगर्न सरकारलाई चेतावनी दिएको छ।

पार्टीले आइतबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले युवापुस्ताको ‘जेन जेड प्रदर्शन’ प्रति ऐक्यबद्धता जनाएको हो।

‘सरकारी श्रृंखलाबद्ध कुप्रशासन र राज्यशक्तिको दुरुपयोग, स्वतन्त्रता र मौलिक हक हननको विरुद्ध हामी सधैं सडकमा आवाज निरन्तर उठाउँदै आएका छौँ। यो प्रदर्शन जेन जेडसम्मकै नभई व्यापक राजनीतिक परिवेशसँग जोडिएको छ’, रास्वपाले भनेको छ।

रास्वपाले प्रदर्शनमा युवाहरूले कुनै दलको संकेत, नारा वा परिचय प्रयोग नगरी स्वतन्त्र ढंगले अघि बढ्नु सकारात्मक भएको उल्लेख गर्दै यसले लोकतान्त्रिक अभ्यासलाई अझै मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

सरकारलाई रास्वपाले नवयुवापुस्ताको आन्दोलनलाई अस्वीकार गर्ने, दमन गर्ने वा लत्याउने कार्य नगर्न आग्रह गरेको छ। रास्वपाले चेतावनी दिँदै भनेको छ, ‘सरकार र सत्तापक्षीय दलहरुले युवापुस्ताको आवाजलाई बेवास्ता गरे जनआन्दोलन दबाउन सकिने छैन।’

पार्टीले युवाहरूको शान्तिपूर्ण आन्दोलनमा पूर्ण ऐक्यबद्धता जनाउँदै उनीहरूको माग सुन्न सरकारलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ८ : २६ बजे

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री रावल

धनगढी- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले