१९ वर्षीया गर्भवतीको हेलिकप्टरमार्फत उद्धार « Khabarhub

१९ वर्षीया गर्भवतीको हेलिकप्टरमार्फत उद्धार


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाको खानीखोलाबाट एक गर्भवतीको उद्धार गरिएको छ ।

स्थानीय ताल्ढुङ्गा स्वास्थ्यचौकीमा भर्ना भएको २४ घण्टासम्म पनि बच्चा जन्माउन नसकेपछि १९ वर्षीया आयुष्मा भ्लोनको आज उद्धार गरिएको हो ।

अवस्था जटिल बन्दै गएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत उनको उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ ले जानकारी दिए ।

काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल लगिएकामा बच्चा जन्मिएको र आमाको स्वास्थ्य सामान्य रहेको जानकारी आएको उनले बताए ।

यहाँ एक साताअघि मात्रै राष्ट्रपति महिला उत्थान कार्यक्रम लागू भएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ८ : ३२ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका