दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जित « Khabarhub

दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जित


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार सम्पन्न तेस्रो एकदिवसीयमा इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि एकदिवसीय क्रिकेट इतिहासकै सबैभन्दा ठूलो ३४२ रनको अन्तरले जित हासिल गरेको छ।

४१५ रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिका २०.५ ओभरमै ७२ रनमा समेटियो। इंग्ल्याण्डका लागि जोफ्रा आर्चरले ४, आदिल रशिदले ३ र ब्राइडन कार्सले २ विकेट लिए।

यसअघि ब्याटिङ गर्दै इंग्ल्याण्डले ५० ओभरमा ५ विकेट गुमाएर ४१४ रन बनाएको थियो। ज्याकब बेथलले ११०, जो रुटले १०० र कप्तान जोस बटलरले ६२ रन जोडे।

सिरिज दक्षिण अफ्रिकाले पहिले नै जितिसके पनि अन्तिम खेलमा इंग्ल्याण्डले ऐतिहासिक प्रदर्शन गरेको हो।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  १० : ४४ बजे

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– गए रातिदेखि चएमने वर्षासँगैको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन

संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी : एमाले सचिव राई 

भोजपुर– नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका