कारागारबाट जेनजीलाई रविको सुझाव: घुसपैठ हुनसक्छ सचेत हुनुहोस् « Khabarhub

कारागारबाट जेनजीलाई रविको सुझाव: घुसपैठ हुनसक्छ सचेत हुनुहोस्


२२ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु कारागारबाटै जेनजी आन्दोलनमा समर्थन जनाएका छन् । उनले आइतबार निजी सचिवालयमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा भोलिदेखि सुरु हुन लागेको युवापुस्ताको आन्दोलनलाई ऐतिहासिक मोडको रूपमा व्याख्या गरेका छन्।

लामिछानेले भनेका छन्, “शासकहरूले तपाईंहरुलाई विधि र विवेकको शासन त दिएनन् नै, आफ्ना खुसी र दुःख, सफलता र असफलता बाँड्ने सामाजिक सञ्जालको सानो कुना पनि खोसे । तर तपाईँहरूको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ।”

उनले भोलिको दिनलाई इतिहासको नयाँ सुरुवात भएको दिनका रूपमा वर्णन गर्दै युवाहरूलाई सचेत रहन र विवेकपूर्वक अघि बढ्न आग्रह गरेका छन्। लामिछानेले आन्दोलनमा घुसपैठ र उत्तेजना हुने सम्भावना औंल्याउँदै संयमता अपनाउन सुझाव दिएका छन्।

“तपाईंको आफ्नो इतिहास र यो देशको इतिहास पनि तपाईँकै हातबाट लेखिँदैछ,” भन्दै लामिछानेले नख्खु जेलको कालकोठरीबाटै शुभेक्षा, सद्भाव र ऐक्यबद्धता प्रकट गरेका छन्।

प्रकाशित मिति : २२ भदौ २०८२, आइतबार  ११ : ०० बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको

न्यायालयमा ‘स्याउको बाकस’ काण्ड: बल्झियो ‘सुपरस्टोर’ र बिचौलियाको बहस

बाहिरबाट हेर्दा फलफूलको सामान्य कार्टुन जस्तो देखिने ‘स्याउको बाकस’ भित्र

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा