सुँगुर फार्ममा बाढी पस्दा ८० लाख बराबरको क्षति « Khabarhub

सुँगुर फार्ममा बाढी पस्दा ८० लाख बराबरको क्षति


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सुनसरी– गत शुक्रबारदेखि लगातार परेको अविरल वर्षापछि सर्दु–सेरा खोलामा आएको बाढीका कारण रामधुनी नगरपालिका–८ स्थित झुम्का अर्गानिक कृषि फार्ममा क्षति पुगेको छ ।

बाढीका कारण फार्ममा रहेका २०० भन्दाबढी सुँगुर बगाउँदा करिब ८० लाख रुपैयाँभन्दा बढीको क्षति भएको फार्म सञ्चालक भरत कार्कीले बताए ।

मलेसियामा तीन वर्ष काम गरेर फर्किएपछि कार्कीले २०७४ मा फार्म सञ्चालन गरेका थिए । करिब चार बिघामा फैलिएको फार्ममा १६ जनाले रोजगारी पाइरहेका छन् ।

उनका अनुसार फार्ममा ३०० भन्दा बढी सुँगुर थिए । शनिबार रातिको बाढीले ठूला माउ सुँगुरदेखि साना बच्चासम्म गरी २०० भन्दाबढी सुँगुर बगाएको उनको भनाइ छ ।

फार्ममा अहिले करिब ७० वटा सुँगुर बचेका छन् । बच्चा सुँगुरमध्ये ४० भन्दाबढी पानीमा डुबेर मरेका छन् भने मासु उत्पादनका लागि तयारी अवस्थामा रहेका सुँगुर बाढीले बगाएर लगेको उनको भनाइ छ ।

उनले कुखुरा फार्म खोलाभन्दा केही पर भएकाले जोगिएको बताए । उक्त फार्ममा करिब ३० हजार कुखुरा छन् । (रासस)

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ८ : ३१ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको