तीन वैज्ञानिकलाई चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार | Khabarhub Khabarhub

तीन वैज्ञानिकलाई चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शरीरको प्रतिरोध प्रणालीबारे अनुसन्धान गर्ने तीन वैज्ञानिकलाई यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार दिइएको छ ।

नोबेल पुरस्कार कमिटीले सोमबार स्वीडेनको स्टकहोममा आयोजित एक कार्यक्रममा प्रतिष्ठित पुरस्कार घोषणा गरेको हो । शरीरको प्रतिरोध प्रणालीमा ’रेग्युलेटरी टी–सेल’ नामक विशेष कोष रक्षकका रूपमा उपस्थित हुन्छन् भन्ने तथ्य पत्ता लगाएका म्यारी ई. ब्रन्को, फ्रेड राम्सडेल र सिमोन साकागुचीलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको हो । यस वर्षको चिकित्सा नोबेल पुरस्कार विजेताले प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) कसरी नियन्त्रणमा राखिन्छ भन्ने कुरा पत्ता लगाएका छन् ।

शरीरको शक्तिशाली प्रतिरक्षा प्रणालीलाई नियन्त्रणमा राख्न आवश्यक छ, नत्र यसले हाम्रो आफ्नै अंगमा आक्रमण गर्न सक्छ । ब्रन्को, राम्सडेल र साकागुचीले ‘पेरिफेरल इम्युन टोलरन्स’ सम्बन्धी आफ्नो नवीन खोजका लागि यस वर्षको नोबेल पुरस्कार पाएका हुन् ।

नोबेल विजेताले नोबेल डिप्लोमा, नोबेल पदक र एक करोड १० लाख स्वीडिस क्रोनर (१० लाख अमेरिकी डलर) पाउँछन् । एकभन्दा बढी विजेता भएमा पुरस्कार रकम बाँडिन्छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ९ : ०८ बजे

लाङ्टाङ क्षेत्रमा अलपत्र बाह्र जनाको सकुशल उद्धार

रसुवा– लाङ्टाङ क्षेत्रमा अलपत्र परेका १२ पदयात्रीलाई नेपाली सेनालगायत सुरक्षा

इजरायलमा अक्टोबर ७ स्मरण : गाजा युद्ध अन्त्यका लागि वार्ता जारी

एजेन्सी – इजरायलले मंगलबार सन् २०२३ अक्टोबर ७ को भीषण

बागलुङको पन्ध्र हजार हेक्टर जमिन बाँझै

ढोरपाटन– बागलुङका धेरैजसो ग्रामीण क्षेत्र बसाइँसराइका कारण सुनसान बन्दै गएका

यात्रुसँग बढी भाडा असुल्नेलाई कारबाही

चितवन– राजधानी फर्कने यात्रुसँग बढी भाडा लिएको गुनासोपछि स्थानीय प्रशासनले

भोजपुरबाट सुत्केरी र शिशुको उद्धार

टक्सार– भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ बाट सुत्केरी र शिशुको उद्धार