क्यानाडाका प्रधानमन्त्रीको ह्वाइट हाउस भ्रमण : अमेरिकी करबारे छलफल हुने « Khabarhub

क्यानाडाका प्रधानमन्त्रीको ह्वाइट हाउस भ्रमण : अमेरिकी करबारे छलफल हुने


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्यानाडाको अर्थतन्त्रमा नकारात्मक असर पार्ने करहरू घटाउन राजी गराउने उद्देश्यका साथ मंगलबार पुनः वासिङ्टन भ्रमण गर्न लागेका छन् ।

पदभार सम्हालेपछि यो उनको दोस्रो ‘कार्य भ्रमण’ हो । ६० वर्षीय पूर्व बैंकरसमेत रहेका प्रधानमन्त्री कार्नीले यसपटक द्विपक्षीय सम्बन्ध सुधार गर्न र ‘क्यानाडा–अमेरिका बीचको नयाँ आर्थिक तथा सुरक्षा साझेदारीका साझा प्राथमिकताहरू’ बारे छलफल गर्न खोज्ने ओटावाले एक विज्ञप्तिमा जनाएको छ ।

ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले सोमबार भ्रमणको पुष्टि गर्दै भने, ‘व्यापार भोलिको प्रमुख छलफल विषय हुनेछ, साथै दुवै देशले सामना गरिरहेका अन्य मुद्दाहरू पनि ।’

युरोपेली सङ्घ (इयु) जस्ता अन्य अमेरिकी सहयोगीहरूका विपरीत क्यानाडाले अझै अमेरिकासँग व्यापक व्यापार सम्झौता गर्न सकेको छैन । संयुक्त राज्य अमेरिका क्यानाडाको प्रमुख आर्थिक साझेदार हो, जसमा ओटावाको झन्डै ७५ प्रतिशत निर्यात अमेरिकी बजारमा पुग्छ ।

क्यानाडाको अर्थतन्त्रमा दबाब बढिरहेको छ । दोस्रो त्रैमासिकमा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) १.५ प्रतिशतले घटेको छ । राष्ट्रपति ट्रम्पले लम्बर, एल्युमिनियम, स्टिल र अटोमोबाइलमा कर लगाइसक्नुभएको छ र सोमबार उनले नोभेम्बर १ देखि भारी ट्रकमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।

हाल अधिकांश व्यापार युएसएमसिए (संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोबीचको स्वतन्त्र व्यापार सम्झौता) अन्तर्गत सुरक्षित छ । तर उक्त सम्झौता पुनःवार्ताको तयारीमा रहेको छ र राष्ट्रपति ट्रम्पले अमेरिकी उद्योगहरूलाई प्राथमिकता दिने संशोधनको आह्वान गरिसकेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ४ : ४५ बजे

तस्बिरमा हेर्नुहोस्, कुलमानको काठमाडौं–३ मा घरदैलो अभियान (तस्बिरहरू)

काठमाडौं–  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नम्बर

न्यून गुणस्तर भेटिएपछि ‘एनक्लेभ ओडी’ औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले बजारमा बिक्री भइरहेको ‘एनक्लेभ ओडी नामक

जब विद्यार्थी नेताले बंगलादेशको आन्दोलनमा लगाएको टीसर्टमै सांसदको शपथ लिए…

ढाका- बंगलादेशमा शेख हसिनाको सत्ता उखेल्ने गरी सन् २०२४ जुलाईमा

काठमाडौं-१ मा रञ्जु दर्शनाको घरदैलो (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले काठमाडौं निर्वाचन क्षेत्र

एआई पूर्वाधारमा भारतको दुई खर्ब डलर रणनीतिक पहल

नयाँदिल्ली– आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को विश्वव्यापी प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला भारतले