पाटन दरबार क्षेत्रमा नवदूर्गा नाच (तस्बिरहरू) « Khabarhub

पाटन दरबार क्षेत्रमा नवदूर्गा नाच (तस्बिरहरू)


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेवार समुदायको प्राचीन र पवित्र परम्परामध्ये एक नवदुर्गा नाच आज पाटन दरबार क्षेत्रको मूलचोकमा हुँदैछ । थेचोबाट देवीको घरबाट सुरु भएको यस धार्मिक यात्रामा देवगणका रूपमा मुखुण्डो र परम्परागत पोशाकमा सजेका भक्तजनहरूले मुख्य देवी (मु द्यः), मुखुण्डो, पोशाक, गहना र खर्पन बोकेर ऐतिहासिक मूलचोकमा ल्याएका थिए ।

यो नाच दशैंको विजया दशमी अर्थात् टिका लगाउने दिनमा पनि पाटनमा प्रदर्शन गरिन्छ । सो अवसरमा नवदुर्गा समूहले मन्मनेश्वरी देवी, जसलाई तलेजुको रूपमा पनि पुजिन्छ उनलाई भेट्ने परम्परा रहेको छ ।

शताब्दीयौँ पुरानो यो विधि दशैं पर्वको अभिन्न अंश हो, जसलाई हरेक वर्ष विजया दशमी र कोजाग्रत पूर्णिमाका दिन दुई पटक प्रदर्शन गरिन्छ । नाच अघि ३४ जना सहभागी मा ११ जना देवगण, ३ जना नाइक (धार्मिक अगुवा) र अन्य गुथियारले थेचोस्थित देवीको घरमा पूजापाठ गरेका थिए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ४ : ५७ बजे

कान्ति लोकपथपको पहिरो हटाइयो

काठमाडौं– लगातारको वर्षासँगै कान्ति लोकपथमा आएको पहिरो हटाइएको छ। पूर्वाधार

इन्द्रजात्रा : राष्ट्रपतिसहित विशिष्ट व्यक्तिहरू छाता ओढेर पुगे वसन्तपुर

काठमाडौं– काठमाडौंमा आज इन्द्रजात्राको मुख्य दिनका अवसरमा वसन्तपुर दरबार क्षेत्रमा

कास्कीको मार्दी खोलामा पानीको सतहले सतर्कता तह पार गर्‍यो 

काठमाडौं– कास्कीको मार्दीखोलाले पानीको सतर्कता तह पार गरेको छ ।

चालीस मेगावाटको राहुघाट राष्ट्रिय प्रसारणमा जोडियो

काठमाडौं– चालीस मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको

कात्तिक २० मा ‘डल्लेले इन्ट्री मार्‍यो’

काठमाडौं– अभिनेता ‘सागर लम्साल ‘बले’ को डेब्यु चलचित्र ‘डल्लेले इन्ट्री