बाढीका कारण सुनसरीमा एक हजार बढी प्रभावित « Khabarhub

बाढीका कारण सुनसरीमा एक हजार बढी प्रभावित


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनरुवा– गत शनिबार र आइतबारको वर्षासँगै आएको बाढीले जिल्लामा एक हजार बढी घर प्रभावित भएका छन् ।

बाढीले सुनसरी सदरमुकाम इनरुवासहित धरान, इटहरी, बराहक्षेत्र, दुहबी, रामधुनी, इनरुवा, गढी, बर्जु, कोसी, भोक्राहा, हरिनगर र देवानगञ्जमा एक हजार ३७० घर प्रभावित भएको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिए । 

जिल्लाका विभिन्न खोला तथा नदीमा आएको बाढीले पाँच हजार ४७४ जनालाई प्रत्यक्ष असर परेको उनले बताए। प्रभावित घरमा पानी प्रवेश गर्नुकासाथै आंशिक रुपमा क्षति पुगेको प्रहरी उपरीक्षक थेबेले बताए। सुरक्षाकर्मीको टोलीले बाढीमा फसेका ३४४ जनालाई उद्धार गरेको जनाएको छ । 

सदरमुकाम इनरुवामा २०० परिवार विस्थापित भएका छन् । पश्चिममा सुनसरी खोला र पूर्वमा गडन खोलाको बाढीले इनरुवा नगरपालिकाको ३, ४, ९ बबिया र १० जल्पापुरसहित दर्जनौँ बस्ती डुबानमा परेको छ । 
 

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ३ : ३९ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द