नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने : विश्व बैंक « Khabarhub

नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने : विश्व बैंक


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२५-२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुनसक्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले मंगलबार एसिया डेभलपमेन्ट सार्वजनिक गर्दै नेपालमा भर्खरै भएको आन्दोलनले सार्वजनिक र निजी क्षेत्रको पूर्वाधारमा पुर्याएको क्षतिले आर्थिक वृद्धिदरमा सुस्तता आउने प्रक्षेपण गरेको हो ।

जलविद्युत, औद्योगिक उत्पादन र कृषि क्षेत्रमा सुधारका कारण अघिल्लो आर्थिक वर्ष ०८०-८१ को तुलनामा नेपालको आर्थिक वृद्धिदर गत आर्थिक वर्ष ०८१-८२ मा सुधार भएको जनाएको छ ।

तर, नेपालको पछिल्लो राजनीतिक उथलपुथलका कारण चालु आर्थिक वर्षमा १.५ देखि २.६ प्रतिशतसम्म आर्थिक वृद्धिदरमा नकारात्मक असर पर्ने विश्व बैंकले अनुमान गरेको छ । चालु आर्थिक वर्षमा विदेशी पर्यटक आगमनमा असर पर्न सक्ने र बिमा क्षेत्रलाई असर पर्नसक्ने विश्व बैंकले उल्लेख गरेको छ ।

साथै, लगानीकर्तामा पैदा भएको विश्वासको कमजोरीको कारण निजी लगानीको क्षेत्रमा समस्या उत्पन्न हुनसक्ने र ढिलो वर्षा भएको कारण धान बालीको उत्पादनमा असर पर्ने विश्व बैंकको अपडेटमा उल्लेख छ ।

यस्तै, विश्व बैंकले समीक्षा अवधिमा बंगलादेशको ४.८, भुटानको ७.३, भारतको ६.५, मालदिभ्सको ३.९ र श्रीलंकाको ३.५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ४ : ३८ बजे

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न