नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने : विश्व बैंक « Khabarhub

नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने : विश्व बैंक


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२५-२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुनसक्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले मंगलबार एसिया डेभलपमेन्ट सार्वजनिक गर्दै नेपालमा भर्खरै भएको आन्दोलनले सार्वजनिक र निजी क्षेत्रको पूर्वाधारमा पुर्याएको क्षतिले आर्थिक वृद्धिदरमा सुस्तता आउने प्रक्षेपण गरेको हो ।

जलविद्युत, औद्योगिक उत्पादन र कृषि क्षेत्रमा सुधारका कारण अघिल्लो आर्थिक वर्ष ०८०-८१ को तुलनामा नेपालको आर्थिक वृद्धिदर गत आर्थिक वर्ष ०८१-८२ मा सुधार भएको जनाएको छ ।

तर, नेपालको पछिल्लो राजनीतिक उथलपुथलका कारण चालु आर्थिक वर्षमा १.५ देखि २.६ प्रतिशतसम्म आर्थिक वृद्धिदरमा नकारात्मक असर पर्ने विश्व बैंकले अनुमान गरेको छ । चालु आर्थिक वर्षमा विदेशी पर्यटक आगमनमा असर पर्न सक्ने र बिमा क्षेत्रलाई असर पर्नसक्ने विश्व बैंकले उल्लेख गरेको छ ।

साथै, लगानीकर्तामा पैदा भएको विश्वासको कमजोरीको कारण निजी लगानीको क्षेत्रमा समस्या उत्पन्न हुनसक्ने र ढिलो वर्षा भएको कारण धान बालीको उत्पादनमा असर पर्ने विश्व बैंकको अपडेटमा उल्लेख छ ।

यस्तै, विश्व बैंकले समीक्षा अवधिमा बंगलादेशको ४.८, भुटानको ७.३, भारतको ६.५, मालदिभ्सको ३.९ र श्रीलंकाको ३.५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ४ : ३८ बजे

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले

सहमतिका लागि गगन–विश्व समूहले राख्यो देउवाको राजीनामासहित यी तीन शर्त

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा

विशेष महाधिवेशन विवाद : कांग्रेस वार्ता समितिको छलफल देउवा निवासमा

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,

‘जेनजी’को नाममा भएको हिंसालाई जायज ठहर्‍याउने प्रयास खतरनाक : प्रदीप ज्ञवाली

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाली कांग्रेसको विशेष महाधिवेशनमा