म्याड्रिडमा भवन भत्किँदा चार बेपत्ता, १० जना घाइते « Khabarhub

म्याड्रिडमा भवन भत्किँदा चार बेपत्ता, १० जना घाइते


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

स्पेनको राजधानी शहर म्याड्रिडमा निर्माणाधीन भवन भत्किँदा भग्नावशेषमा परी चार जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी गर्न स्पेनी आपतकालीन सेवाले टोलीहरू परिचालन गरेको अधिकारीहरूले बताएका छन् ।

म्याड्रिड क्षेत्रका लागि केन्द्रीय सरकारका उच्च प्रतिनिधि फ्रान्सिस्को मार्टिन अगुइरेले घटनाको पुष्टि गर्दै उक्त दुखद् घटनामा कम्तीमा १४ जना हताहत भएको बताए । उनले भने, “मङ्गलबार अहिले (समाचार तयार पार्दा) सम्म बेपत्ता हुनेको सङ्ख्या चार पुगेको र उनीहरू जीवित पाइने आशा क्षीण रहेको छ ।”

अरु १० जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएको छ। घाइतेमध्ये अधिकांशलाई सामान्य चोट लागेको बताइएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ८ : २५ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले