उच्छृङ्खलताले घटाएको राजेन्द्र खड्गीको कद « Khabarhub

उच्छृङ्खलताले घटाएको राजेन्द्र खड्गीको कद



काठमाडौं– द्वन्द्व निर्देशक तथा खलनायकका रुपमा परिचित राजेन्द्र खड्गीलाई पछिल्लो समय पडकास्टमा सुन्नुभएको छ ? सुन्नु भएको छैन भने एयरफोन लगाएर अथवा एक्लै सुन्नु होला । त्याे पनि १८ वर्ष माथिकाले मात्रै ।

जीवनजगत, सुख–दुःख र सङ्घर्ष राम्रोसँग बुझेका खड्गीका केही अभिव्यक्ति सुन्नै नसकिने हुन्छन् । उनी मनमा पाप नभएका, हक्की स्वभाव र बनावटी कुरा नजान्ने व्यक्ति हुन् । उनको व्यवसायिकतामा कुनै प्रश्न छैन । तर शब्दमा वजन नराख्दा आलोचनामा पर्ने गर्दछन् ।

उमेरले ६० नाघेका खड्गी उच्च प्रेसरका कारण पनि झनक्क रिसाउने उनका निकटस्थ बताउँछन् । तर कलाकारले पडकास्टमा बोल्दा बिर्सन नहुने कुरा के हो भने म कलाकार हुँ । मैले बोलेका कुराले अर्थ राख्छ । त्यसकारण समाजमा सकारात्मक सन्देश दिने प्रयास गर्ने हो ।

दुई श्रीमतीबाट १२ सन्तानका पिता राजेन्द्रले महिलाको कोखबाट जन्मिने हुँदा उनीहरूलाई इज्जत गर्नुपर्ने कुरा राख्छन् । तर उत्तिबेलै उनले उक्त आदर्श बिर्सिएर महिलामाथि भद्दा मजाक गर्न पुगिहाल्छन् । उनले अन्तर्वार्तामा यतिसम्म बोल्छन् कि अन्तर्वार्ताकारले बारम्बार अश्लिल नबोल्नको लागि आग्रह गर्नुपर्छ । 

कीर्तिपुरको रैथाने नेवार परिवारमा राजेन्द्रको जन्म भएको हो । उनकाे हुर्काइ–बढाइ भने हेटौंडामा भयो । किशोरावस्थामा हेटौँडामा छँदा उनी ‘बाबुराजा डन’को नामले चर्चित थिए । मुड्कीले राँगा ढालेपछि उनले उक्त नाम पाएका हुन् ।

जीविकोपार्जनका लागि मान्छेसमेत कुट्ने काम गरेको उनले आफैँले एक अन्तर्वार्तामा बताएका छन् । साथै, उनलाई जीवनमा त्यो काम गरेकोमा पछुतो लाग्ने गरेको पनि बताएका थिए । तर केही दिन अगाडि मात्रै एक युट्युबरलाई प्रश्न सोधेकै भरमा खड्गीले दुर्व्यवहार गरेका छन् ।

युट्युबरले पडकास्ट तथा अन्तर्वार्ताहरूमा जथाभावी किन बोल्नुहुन्छ ? भनेर प्रश्न गरेका थिए । जसमा अश्लिल शब्द प्रयोग गर्दै उनले युट्युबरलाई रामधुलाई गरेका छन् ।

उनले उक्त घटनालाई लिएर अर्को युट्युबमा खण्डन गरेका छन् । उनले भनेका छन्, ‘त्यो पत्रकारले जतिसुकै छाडा शब्द प्रयोग गरेको भएपनि सहन्थेँ । तर त्यसले ‘नेपाल भँडुवा’ भन्यो । राजेन्द्र खड्गीको ब्याकग्राउन्ड नजानी भँडुवा भन्ने ? कसैको खोसेर, लुटेर खाएको छैन । म भुइँमान्छे हुँ । भँडुवा होइन ।’

उनको अन्तर्वार्तामा कतिपयले अग्रज कलाकारको शब्द चयन निम्नस्तरको भनेर कमेन्ट गर्छन् । कसैले यिनको घरमा दिदीबहिनी आमा छैन ? भनेर पनि प्रश्न गरिरहेका हुन्छन् । तर राजेन्द्रले सञ्जालमा कमेन्ट गरेर बस्ने होइन युवा देश बनाउन जुट्ने हो भन्छन् । उनको आशय राम्रो छ तर शब्दैपिच्छे स्त्रीद्वेषी हुन्छन् ।

उनले वरिष्ठ कलाकार तथा शीर्ष नेताहरूलाई तँ भनेरै बोल्छन् । केही समय अगाडि उनले काठमाडौँको मेयर बालेन शाहलाईसमेत ‘आइज मुक्का हान्छु’ भनेका थिए ।

‘फिल्मका खलनायक भएर मैले खेलेँ, अहिले बालेनले देशसँग खेलिरहेको छ । यो देशद्रोही हो, उनले भनेका छन् । त्यसैगरी एक युट्युबरले छाडा नबोल्न आग्रह गर्दै भनेका छन्, ‘जेन–जीहरुले तपाईको घर जलाउने भन्दैछन् ।’

जवाफ दिँदै खड्कीले भनेका छन्, ‘मेरो घर जलाउन आयौ भने ५० जना जेन–जी अझै ढाल्न सक्छु । अहिले चोर जेन–जीको सरकार बनेको छ ।’

देशदेखि विदेशमा आफ्नो नाम स्थापित गरेका राजेन्द्रको ठूलो फ्यानफ्लोइङ छ । उनलाई माया गर्नेहरू धेरै छन् तर उनको अश्लिलताको विरोध सामाजिक सञ्जालमा उत्तिकै हुने गरेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ता कीर्तिका लामिछाने लेख्छन्, ‘गँजडी को घर र थर हुँदैन तर भर, सहर, रहर र बहर धेरै हुन्छ त्यसैले गोरु र खसीले धेरै कुरा नगर ।’

अर्का विशाल राई लेख्छन्, ‘जहिले पनि सबैलाई हान्छु एकै सटमा ढाल्छु मात्र भन्छ तर अहिलेसम्म गरेर देखाएको छैन हुन त गजेडीहरूको कुनै पनि भर हुँदैन भनेर आफ्नै उदाहरण दिँदैछ ।’

त्यसैगरी अच्युत घिमिरे लेख्छन्, ‘राजेन्द्र खड्गी मान्छे खस्रो मान्छे हो सही कुरा गर्छ । कसैलाई छुट्याउँदैन । चाहे ठूलो होस् कि सानो मान्छे बराबर ठान्छ । मलाई त खड्गी दाइको स्वभाव राम्रो लाग्छ ।’

कतिपय उनका शुभचिन्तक भने युट्युबरहरूले राजेन्द्रलाई अन्टसन्ट प्रश्न गरेर बहकाएको आरोप लगाएका छन् । भ्युजका लागि युट्युबरले उनको दुरुपयोग गरेको उनीहरूको भनाइ छ । साथै, सफा र कञ्चन मनको धनी राजेन्द्रले त्यस्ता अन्तर्वार्ताहरू बहिष्कार गर्दै जानुपर्ने सल्लाह दिन्छन् । 

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ७ : ०७ बजे

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतको भेट, नेपाल–चीन सम्बन्धबारे छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत

परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुवात गरिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न

चार हजार सहकारी बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको