कञ्चनपुरमा मुक्त हलिया पुनर्स्थापनको कार्य अलपत्र « Khabarhub

कञ्चनपुरमा मुक्त हलिया पुनर्स्थापनको कार्य अलपत्र


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरमा मुक्त हलियाको पुनःस्थापनाको कार्य अझै टुङ्गोमा पुग्न सकेको छैन । स्थानीय तहलाई जिम्मेवारी हस्तान्तरण गरिएको सात वर्ष बित्नै लाग्दा पनि पुनःस्थापनाको कार्यले गति लिन नसकेको हो ।

राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सिवी लुहारले हलिया पुनःस्थापन समस्या समाधान समिति रहँदा पुनःस्थापनाको कार्य अगाडि बढेको भए पनि २०७६ सालमा सो जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गरेपछि कार्य ठप्प भएको बताए।

‘स्थानीय तहले ‘क’ श्रेणीका एक सय ६१ जना मुक्त हलियालाई घर निर्माणसँगै जग्गा खरिद गरी पुनःस्थापना गर्ने जिम्मेवारी पाएको थियो’, उनले भने, ‘तर त्यसै समयमा कोरोना महामारीका कारण काम रोकियो, केन्द्रले पठाएको रकम पनि खर्च व्यवस्थापन गर्न नसक्दा फिर्ता भयो, त्यसपछि बजेट नै विनियोजन भएन ।’

अध्यक्ष लुहारका अनुसार ‘ख’ र ‘ग’ श्रेणीका सात सय २३ जना मुक्त हलियाले पहिलो किस्ताबापतको रकम त पाए, तर दोस्रो किस्ता पाउन सकेका छैनन् । घर मर्मतका लागि रकम नपाउँदा धेरै हलिया परिवार अझै पनि असुरक्षित रूपमा झोपडीमै बस्न बाध्य छन् ।

‘मन्त्रालयबाट रकम पठाउने कार्य रोकिएपछि पुनःस्थापनाको सम्पूर्ण प्रक्रिया अलपत्र परेको छ’, उनले भने, ‘मुक्त हलिया अझै पनि कठिन जीवन बिताइरहेका छन् ।’

मुक्त हलिया अगुवा अन्तराम वडका अनुसार पुनःस्थापन गरिएका एक हजार आठ सय ३० परिवारमध्ये केही  रोजगारीको अभावका कारण बस्ती छाडेर भारततर्फ पलायन भएका छन् ।’कतिपयले घरमै ताला लगाएर भारत गएका छन्भने केही परिवारमा महिला, बालबालिका र वृद्धहरू मात्र बाँकी छन्’, उनले भने।

हाल कञ्चनपुरमा एक हजार ९९१ जना मुक्त हलियाले परिचयपत्र प्राप्त गरेका छन् । जसमा ‘क’ श्रेणीका तीन सय ९४, ‘ख’ श्रेणीका सात सय ९९, ‘ग’ श्रेणीका ६४ र ‘घ’ श्रेणीका सात सय ३४ जना रहेका छन् । सुदूरपश्चिमका दार्चुला र बझाङ जिल्लामा मात्र पुनःस्थापनाको कार्य पूरा भए पनि अन्य जिल्लामा भने यो प्रक्रिया अझै अधुरो रहेको मुक्त हलिया समाजले जनाएको छ ।
 

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ६ : ४० बजे

मुग्लिङ-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडौं– सडकमाथिबाट पहिरो खसेर आज दिउँसोदेखि आवागमन बन्द भएको मुग्लिङ-नारायणगढ

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच  भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी,

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी– कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले

आपसी सद्भाव कायम राख्नुपर्नेमा सांसदको जोड  

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले अहिलेको विषम परिस्थितिमा आपसी सद्भाव