काल्मेगीले फिलिपिन्समा ११४ जनाको मृत्य : आँधीको प्रभाव भियतनाम पुग्यो « Khabarhub

काल्मेगीले फिलिपिन्समा ११४ जनाको मृत्य : आँधीको प्रभाव भियतनाम पुग्यो


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मध्य फिलिपिन्समा ११४ जनाको मृत्युको कारण बनेको काल्मेगी आँधी भियतनाम पुगेको छ। फिलिपिन्समा ठूलो क्षति गरेको आँधी भियतनाम पुगेपछि उच्च सतर्कता अपनाइएको छ। दुई लाख ६० हजार भन्दा धेरै सुरक्षाकर्मी उद्धारको लागि खटाइएको बीबीसीले जनाएको छ।

आँधीका कारण हुनसक्ने क्षति कम गर्न भन्दै ६ वटा विमानस्थल बन्द गरिएको छ भने सयौं उडान रद्ध गरिएको त्यहाँको सरकारलाई उद्धृत गर्दै बिबिसीले खबर लेखेको छ। त्यहाँ अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ ।

यस वर्ष वर्षा र बाढीले नयाँ रेकर्ड बनाइसकेको भियतनाममा फेरि एसियाकै सबैभन्दा शक्तिशाली आँधी आएको हो। त्यहाँको मौसम विभागले अबको ६ घण्टामा सात शहरका सयौं स्थानीय क्षेत्रमा भारी वर्षा र पहिरो खस्ने चेतावनी दिएको छ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ८ : १३ बजे

प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’

नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ।

डुबेर तीन वर्षीय बालकको निधन

झापा – झापा गाउँपालिका–२ सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्र

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले

रास्वपाको केन्द्रीय समिति बैठकबाट बालेनसँगको सहमति अनुमोदन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगपालिकाका प्रमुख

प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम

भोजपुर – पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गतेको