माधव नेपाललाई रामकुमारीले भनिन् : आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने « Khabarhub

माधव नेपाललाई रामकुमारीले भनिन् : आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चार वर्ष लामो यात्रापछि नेकपा (एकीकृत समाजवादी) छाडेर नेकपा (एमाले) मा प्रवेश गर्न तयारीमा रहेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई खुला पत्रमार्फत भावनात्मक सन्देश दिएकी छन्।

एकीकृत समाजवादीलाई नेकपा माओवादी केन्द्र नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा विलय गराइसकेका नेपालका लागि रामकुमारीले सामाजिक सञ्जालमार्फत् सन्देश दिएकी हुन् ।

उनले शुक्रबार बिहान नेपाललाई सम्बोधन गर्दै पछिल्लो राजनीतिक निर्णयका कारण सहयात्रा गर्न नसकिएको उल्लेख गरेकी छन् ।

सन्देशमा उनले माधव नेपालप्रति सम्मान व्यक्त गर्दै पछिल्ला घटनाले उनको राजनीतिक यात्रालाई पुनः विवादमा ल्याएको उल्लेख गरेकी छन्।

‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड?’, उनले भनेकी छन्, ‘अब कारबाहीको के अर्थ छ? लोकले के भन्ला भन्ने पनि सोच्नु भएन ?’

झाँक्रीले त्यसक्रममा माधव नेपालको लामो राजनीतिक भूमिका स्मरण गरेकी छन् । ‘तपाईंले १९ वर्ष पार्टी प्रमुखको रूपमा, बाँकी समय प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने भूमिकामा रहेर काम गर्नुभयो’, उनले अगाडि भनेकी छन्, ‘तर यो अन्तिम घटनाले तपाईंको इतिहास फेरि बल्झाइदियो। बिर्सिएका सबै घटनाहरू अब फेरि स्मृतिमा फर्किएका छन्।’

उनले माधव नेपाललाई सम्बोधन गर्दै भावनात्मक शैलीमा लेखेर बिदा मागेकी हुन् । ‘जिन्दगीमा के लानु छ कमरेड? समाज र देशका लागि जीवन र जवानी अर्पण गर्ने मान्छेले लाने त एउटा मिठो वा तितो सम्झना मात्रै हो’, उनी भन्छिन्, ‘चिया पसलमा दुई जनाले बोल्ने कुरा, वश् त्यत्तिकै। आफ्नै मलामी त कसले पो देख्छ र ?’

उनले आफू र महासचिव घनश्याम भुसाललाई बुधबार गरिएको कारबाहीका लागि पनि उनले धन्यवाद दिएकी छन् । ‘हार्दिक धन्यवाद यो अन्तिम कर्मका लागि। बाँकी जीवन सुखद रहोस्, परिवारमा शान्ति र स्वास्थ्य रहोस् भन्ने हार्दिक शुभकामना’, उनी भन्छिन्,‘तपाईं जहाँ रहे पनि हाम्रो अभिभावक नै रहनुहुन्छ। मैले यसरी नै सधैँ सम्झने छु।’

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १२ : ०१ बजे

भेपमा सुन तस्करी : पूर्वसभामुख महरा र छोरा राहुल मुख्य योजनाकार, कर्मचारीदेखि व्यापारीसम्मलाई मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर

भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना

काठमाडौं– विस्केट जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारी 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

कांग्रेस संसदीय दलको नेता आङ्देम्बे कि आचार्य ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनसँगै प्रतिनिधि सभाले पाँच

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर– प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित