बलिउड जोडी कट्रिन-विक्कीलाई पुत्रलाभ  « Khabarhub

बलिउड जोडी कट्रिन-विक्कीलाई पुत्रलाभ 


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका लोकप्रिय जोडी कट्रिना कैफ र विक्की कौशलले आफ्नो पहिलो सन्तानको स्वागत गरेका छन्। दुवैले शुक्रबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत पुत्रलाभको खबर सार्वजनिक गरेका हुन् ।

यसअघि, सेप्टेम्बर २३ मा दम्पतीले आफ्नो पहिलो सन्तानको अपेक्षा गरिरहेको घोषणा गरेका थिए। उनीहरूले त्यसबेला लेखेका थिए, ‘हामी आनन्द र कृतज्ञताले भरिएको हृदयका साथ हाम्रो जीवनको सबैभन्दा राम्रो अध्याय सुरु गर्न लागेका छौं।’

कट्रिना र विक्कीको प्रेमकथा बलिउडका चर्चित रोमान्समध्ये एक हो। उनीहरूबीचको पहिलो भेट सन् २०१९ को स्क्रिन अवार्ड कार्यक्रममा भएको थियो, जुन विक्की कौशलले होस्ट गरेका थिए। त्यसपछि उनीहरूको सम्बन्ध बलियो बन्दै गएको थियो।

दुवैले सन् २०२१ डिसेम्बरमा राजस्थानको सवाई माधोपुरस्थित ‘सिक्स सेन्सेस फोर्ट बारा’मा गोप्य रूपमा विवाह गरेका थिए। अहिले उनीहरू बलिउडका सबैभन्दा प्रिय र चर्चित जोडीमध्ये एक मानिन्छन्।

कट्रिना र विक्कीले अभिभावक बनेसँगै प्रशंसक र सहकलाकारहरूले सामाजिक सञ्जालमा बधाई दिइरहेका छन् ।  

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १२ : ३९ बजे

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी– कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले

आपसी सद्भाव कायम राख्नुपर्नेमा सांसदको जोड  

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले अहिलेको विषम परिस्थितिमा आपसी सद्भाव

थर्ड विकेन्ड कलेक्सनले देखाउँछ- ‘स्पाइडर म्यान’को चर्चाबीच ‘गौँथली’को रफ्तार कायमै

काठमाडौं – हलिउड फिल्म ‘स्पाइडर म्यान : ब्रान्ड न्यू डे’को

सूक्ष्म, साना तथा मझौला उद्योगलाई जोगाउन पुनरुत्थान कार्यक्रम आवश्यक : पूर्वअर्थमन्त्री खनाल

काठमाडौं– पूर्वअर्थमन्त्री रामेश्वर खनालले कोभिड–१९ पछि थलिएका मुलुकका सूक्ष्म, साना तथा

दुर्गा प्रसाईंको रिहाइ माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँलाई रिहा गर्न माग