शेखरको निष्कर्ष : मंसिरमा नसके पुसमा पन्ध्रौँ महाधिवेशन गरेर चुनावमा जानुपर्छ « Khabarhub

शेखरको निष्कर्ष : मंसिरमा नसके पुसमा पन्ध्रौँ महाधिवेशन गरेर चुनावमा जानुपर्छ


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५ औँ महाधिवेशन आगामी मंसिर मसान्तसम्म गर्नुपर्ने अडान दोहोर्‍याएका छन् ।

काठमाडौंमा उपलब्ध जिल्ला सभापति र पूर्व जिल्ला सभापतिहरूसँग शुक्रबार भएको अनौपचारिक छलफलमा कोइरालाले यस्तो बताएका हुन् ।

उनले पार्टीको आगामी महाधिवेशन र संगठनात्मक एकताबारे आफ्नो धारणा राख्ने क्रममा महाधिवेशन गरेर चुनावमा जानु उचित हुने बताएका हुन् ।

डा. कोइरालाले नेपाली कांग्रेसको १५औं महाधिवेशन मंसिर मसान्तभित्र सम्पन्न गर्नुपर्ने कुरा पहिले नै उठाउँदै आएको स्मरण गराए ।

‘यदि समय र परिस्थितिका कारण त्यो सम्भव भएन भने कुनै हालतमा २०८२ पुस मसान्तसम्म महाधिवेशन सम्पन्न गर्नैपर्छ’, उनले भने ।

उनले आगामी आमनिर्वाचनअघि नयाँ र ताजा नेतृत्व चयन गरी कांग्रेसले चुनावमा जानु आवश्यक रहेको बताए ।

‘महाधिवेशनको तालिका बनाउँदा निर्वाचन आयोगले तोकेको राष्ट्रिय निर्वाचन तालिकासँग नबाझिने गरी समायोजन गर्नुपर्छ’, उनले भने ।

डा. कोइरालाले पार्टीभित्र एकता, संयमता र जिम्मेवारीका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

‘कांग्रेस अहिले एकताबद्ध, गम्भीर र जिम्मेवार ढंगले अघि बढ्नुपर्छ। राष्ट्र, जनता र लोकतन्त्र हाम्रो प्राथमिकता हुनुपर्छ’, उनले विगतका अनुभवबाट सिक्नुपर्ने बताउँदै भने, ‘आगामी दिनमा पनि ‘एकता नै बल हो’ भन्ने भावना अपनाएर अघि बढ्नुपर्छ ।’

उनले पार्टीमा ‘कसैले पनि ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने सोच राख्न नहुने बताए । ‘म पार्टीमा एकता र मेलमिलाप चाहन्छु। गुट, उपगुट र फुटको अन्त्य गर्न चाहन्छु’, उनले भने, ‘कोही कसैप्रति आग्रह वा पूर्वाग्रह नराखी अघि बढ्नुपर्छ ।’

डा. कोइरालाले देशभर इमानदार, निष्ठावान् र निरन्तर क्रियाशील कार्यकर्ताले पार्टीलाई जोगाइरहेको बताए । त्यसका लागि उनले कार्यकर्ताहरूको भूमिकाको प्रशंसा गरे।

‘पार्टीका लाखौँ शुभेच्छुक र बाह्य पक्षहरू अहिले नेपाली कांग्रेसको निर्णय हेरिरहेका छन्, पर्खिरहेका छन्। त्यसैले हामीले जिम्मेवार निर्णय लिनैपर्छ’, उनले भने ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १२ : ४४ बजे

भेपमा सुन तस्करी : पूर्वसभामुख महरा र छोरा राहुल मुख्य योजनाकार, कर्मचारीदेखि व्यापारीसम्मलाई मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर

भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना

काठमाडौं– विस्केट जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारी 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

कांग्रेस संसदीय दलको नेता आङ्देम्बे कि आचार्य ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनसँगै प्रतिनिधि सभाले पाँच

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर– प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित