कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद « Khabarhub

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा १२ हजार ५२७ ‘क्विन्टल’ धान खरिद गरेको छ । यही कात्तिक १२ गतेदेखि जिल्लाका छ स्थानबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले हालसम्म उक्त परिमाणमा खरिद गरेको हो । 

हालसम्म जिल्लाको टीकापुर खरिद केन्द्रबाट तीन हजार ८७९ क्विन्टल, मोहनपुरबाट दुई हजार ३३९ क्विन्टल र सत्तीबाट दुई हजार क्विन्टल धान खरिद गरिएको कार्यालय प्रमुख दीपक थापाले जानकारी दिए । उनका अनुसार गौरीगङ्गा खरिद केन्द्रबाट एक हजार ७२४ क्विन्टल, भजनीबाट एक हजार ३०० क्विन्टल र जोशीपुरबाट एक हजार २८५ क्विन्टल धान खरिद गरिएको छ ।

कार्यालय प्रमुख थापाका अनुसार खाद्य कम्पनीले सरकारद्वारा निर्धारित न्यूनतम समर्थन मूल्यमा मोटा धान खरिद गरिरहेको जनाए। सरकारले यस वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा निर्धारण गरेको छ । 

यस वर्ष कम्पनीले जिल्लामा पहिलो चरणका लागि धान खरिद कोटा ३५ हजार क्विन्टल निर्धारण गरेको बताउँदै उनले एक किसानबाट बढीमा ५० क्विन्टलका दरले खरिद गरिने जानकारी दिए । धान बिक्रीका लागि किसानले परिचय खुल्ने कागजात, किसान प्रमाणित भएको वडाको सिफारिस तथा चेकको प्रतिलिपि ल्याउनुपर्ने व्यवस्था गरिएको उनले बताए।

गत वर्ष जिल्लामा कम्पनीको धान खरिद कोटा ५५ हजार क्विन्टल रहेकामा ३४ हजार ५०१ क्विन्टल मात्रै खरिद भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।
 

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १२ : ५१ बजे

सुदूरपश्चिम प्रदेशसभा : संशोधन विधेयकको प्रतिवेदन पेस

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभामा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन

भेपमा सुन तस्करी : पूर्वसभामुख महरा र छोरा राहुल मुख्य योजनाकार, कर्मचारीदेखि व्यापारीसम्मलाई मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर

भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना

काठमाडौं– विस्केट जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारी 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

कांग्रेस संसदीय दलको नेता आङ्देम्बे कि आचार्य ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनसँगै प्रतिनिधि सभाले पाँच