सरकारले संसद्का पदाधिकारी र सदस्यको सुविधा घटाउने निर्णयमा पुनर्विचार गरोस् : अध्यक्ष दाहाल  « Khabarhub

सरकारले संसद्का पदाधिकारी र सदस्यको सुविधा घटाउने निर्णयमा पुनर्विचार गरोस् : अध्यक्ष दाहाल 


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसद्का पदाधिकारी तथा सदस्यले पाउने सुविधा घटाउने निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा अध्यक्ष दाहालले संघीय संसद्का पदाधिकारी तथा सदस्यले पाउने अति आवश्यक सुविधाहरु घटाउने निर्णयलाई पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

सरकारले मितव्ययीताका लागि चालेको कदमलाई समेत ध्यान दिँदै अति आवश्यक सुविधामा पुनर्विचार गर्नुपर्ने उनले बताए ।

अध्यक्ष दाहालले सरकारको कामकारबाहीमा सहजीकरण गर्न राष्ट्रियसभाले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले छिटो बैठक बोलाउन र आवश्यक पूर्वाधारको व्यवस्था गर्न सरकारलाई निर्देशन समेत दिए । उनले राष्ट्रियसभा अन्तर्गतको समितिहरूले मन्त्रीलाई बोलाउँदा उपस्थित हुने वातावरण बनाउन समेत निर्देश गरे ।

उनले राष्ट्रियसभाको दुई बर्से कार्यकालसम्बन्धी पुस्तक प्रकाशनका लागि उपसमितिलाई जिम्मेवारी दिइएको र समयमा नै प्रकाशन हुने जानकारी दिए।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै