बालेन र कुलमानलक्षित डीपीको टिप्पणी : त्यो बेला मान्नुभएन, अहिले पनि स्वागत गर्न तयार छौँ « Khabarhub

बालेन र कुलमानलक्षित डीपीको टिप्पणी : त्यो बेला मान्नुभएन, अहिले पनि स्वागत गर्न तयार छौँ


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टीमा विचार मिल्नेलाई अझै स्वागत गर्न तयार रहेको बताएका छन् ।

प्रतिवेदन प्रस्तुत गर्दै अर्यालले नेपाली जनताले पनि विभिन्न छरिएका पार्टी शक्ति दल र व्यक्तिहरूलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपालाई दिएको दाबी गरेका छन्।

पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकलाई चितवनको सौराहामा शुक्रबार राजनीतिक प्रतिवेदन पेश गर्दै उनले विचार मिल्ने केही व्यक्तिलाई स्वागत गर्न तयार रहेको बताएका हुन् ।

उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र ऊर्जा मन्त्री कुलमान घिसिङल लगायतलाई स्वागतका लागि तयार रहेको बताएका हुन् ।

‘पार्टी स्थापना गर्दा अहिले नाम आएका व्यक्तिहरूलाई सबैजना सँगै जाऊँ भनेर कुरा गर्दाको साक्षी म आफैँ हो। त्यसबेला उहाँहरू मान्नु भएन । अहिले पनि उहाँहरुलाई स्वागत गर्न तयार छौँ’, उनले भने, ‘उहाँहरूले रास्वपाको स्थान र पहिचान बुझ्नु भएकै छ । पार्टी बनाउने चाहनालाई स्वागत छ। तर प्रचार मात्रै गर्ने नियतको हामी प्रतिवाद गर्छौं।’

अर्यालले समान विचार र दृष्टिकोण भएका दलहरूसँग रास्वापाले हातेमालो गर्नेसमेत प्रतिवेदनमा उल्लेख गरेका छन्।

विचार मिल्ने शक्तिहरूसँग एकता-मोर्चाबन्दी र सहकार्य गर्ने बाटो खुल्ला रहेको अर्यालको प्रतिवेदनमा उल्लेख छ।

‘सम्भव हुने र विचार मिल्नेसँग एकता गर्ने, सम्भव नहुनेसँग मोर्चाबन्दीमा जान्छौँ । त्यो पनि नमिल्नेसँग मुद्दाअनुसार तत्कालीन एकता गर्ने कुरा हामी स्वीकार्छौँ।’

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  २ : ०१ बजे

सुदूरपश्चिम प्रदेशसभा : संशोधन विधेयकको प्रतिवेदन पेस

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभामा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन

भेपमा सुन तस्करी : पूर्वसभामुख महरा र छोरा राहुल मुख्य योजनाकार, कर्मचारीदेखि व्यापारीसम्मलाई मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर

भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना

काठमाडौं– विस्केट जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारी 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

कांग्रेस संसदीय दलको नेता आङ्देम्बे कि आचार्य ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनसँगै प्रतिनिधि सभाले पाँच